शोभितलाई साम्राज्ञीको जवाफ–‘रिक्सा चढ्दैमा मान्छे सानो हुन्छ र ?’

४ साउन ७७, सोमबार

४ साउन, काठमाडौँ ।
सामाजिक सञ्जालमा आरोप प्रत्यारोपमा उत्रिएका अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र अभिनेता भुवन केसी पछिल्लो समय मौन थिए । तर, यसै विषयलाई पक्ष विपक्ष गर्दै कलाकर्मीहरूले आफ्नो विचार राख्दै दुईमा एकको समर्थन गरिरहेका बेला फेरी एक पटक साम्राज्ञी बोलेकी छिन् ।

निर्देशक शोभित बस्नेतले पनि यो विषयमा आफ्नो भनाई राखेपछि उनी बोलेकी हुन् । शोभितले एक अन्र्तवार्तामा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको बिषयमा भनेका थिए-‘विरगञ्जमा रिक्सा चढेर हिड्ने मान्छे अहिले भूवन केसीकै कारणले गर्दा कार चढेर हिड्ने भएकी छिन् । भूवनकै कारणले ‘ड्रिम्स’बाट स्टार भएको मान्छेले अहिले उनैलाई आरोप लगाउन मिल्छ ?’

खाना र छाताको प्रसंग उठाउँदै शोभितले भनेका छन् -‘साम्राज्ञीको मामा रवि बस्नेत निर्माता भएको चलचित्रमा खाना नपाउँदा र छाता ओड्न नपाउँदा गल्ती भूवन केसीको हुन्छ कि रवि बस्नेतको ?’

साम्राज्ञीले यस विषयमा शाभितलाई जवाफ फर्काउँदै भनेकी छिन्- ‘एक जना मानिसले मैले वीरगन्जमा रिक्सा चढेर हिँड्थ्यो भन्नुभएछ । म उहाँलाई त व्यक्तिगत रूपमा चिन्दिनँ । तर, उहाँको छोरा मेरो राम्रो साथी हो । हो, म वीरगन्जमा रहँदा रिक्सा चढ्थेँ । यसपछि, म दिल्लीमा बसेर पढेँ । अहिले काठमाण्डौमा छु । ठुला-ठुला कार चढौँ कि के गरौँ त्यो मेरा कुरा हो । रिक्सा चढ्दैमा मान्छे सानो हुन्छ र ?’

उनले आफ्नो साथी(सलोन बस्नेत) साथी निकै राम्रो मान्छे भएको तर उसको पिताको मानसिकता सस्तो भएको उल्लेख गरेकी छिन् । उनले ‘कस्तो सस्तो सोचाई’ भन्दै अगाडि भनेकी छिन्-‘मेरो साथी निकै राम्रो मान्छे हुन् । तर, उनको पिताको कस्तो सस्तो मानसिकता हो ?’

उनले कस्ता कस्ता मानिसहरू आफ्नो विरुद्धमा बोलिरहेका छन् ? भनी आफूले दुर्व्यवहार परेको कुरा बाहिर ल्याउँदा उल्टै आफ्नै अपमान र आफूलाई नै नराम्रो देख्नेहरू प्रति प्रश्न तेर्स्याएकी छिन् ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top