विराटनगर, माघ २०
प्रदेश १ नं. प्रदेश सभाका संसदिय समितिलाई प्रभावकारी कार्यान्वयनका लागि लागी पुर्णता दिनु पर्ने सभामुख प्रदिपकुमार भण्डारीले बताएका छन् ।
आइतबार हिउदे अधिवेसनको बैठक पछि सञ्चारकर्मीहरु सँगको छलफलमा समितका सभापति चयन गर्ने र प्रदेशको नाम र राजधानीको विषयलाई औपचारीक रुपमा अगाडी बढाइने बताए । उनले सभापति चयनका लागी गृहकार्य भइरहेको जानकारी दिए ।
उनले प्रदेशको नाम र राजधानीको विषयलाई नियमावली संसोधन गरेर प्रक्रिया अगाडी बढाइने बताए । सभामुख भण्डारीले यसै अधिवेशनको सुरुमै नियमावली परिवर्तन गराउन संससदबाट समिति नै बनाएर जानु पर्ने बताए ।
उनले संसदमा दर्ता भएका ४ वटा र समितिमा छलफल भइरहेका २ वटा विधेयक सहित ६ वटा विधेयक विजेनस रहेको जानकारी दिए । त्यसका अलावा सरकारबाट ५÷६ वटा विधेयक आउने भएकोले हिउँदे अधिवेसन संचालन गर्न विजनेस पुग्ने उनको भनाई थियो ।