साजिद,सिद्धान्त र ललितलाई राईजिङ स्टार अवार्ड

विराटनगर,असार ४
विराटनगरका उदाउँदा युवाहरु मोडल साजिद आलम, क्रिकेटर सिद्धान्त लोहनी र ललित राजवंशीलाई राईजिङ स्टार अफ विराटनगर अवार्डबाट सम्मान गरिएको छ ।

आईतबार लियो क्लब अफ विराटनगर युनिकले लिडरसिप कार्यक्रमको अबसर पारेर उनीहरुलाई राईजिङ स्टार अफ विराटनगर अवार्डबाट सम्मान गरेको हो । उनीहरूलार्इ कार्यक्रमका प्रमुख अतिथी एवम् विराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले अवार्ड प्रदान गरे ।

साजिद आलम सन् २०१७ मा सम्पन्न म्यान हन्ट इन्टरनेशनलमा सेकेन्ड रनरअप भएका थिए भने भर्खरै म्यानमारमा सम्पन्न मिस्टर इन्टरनेशनलमा नेपालको प्रतिनिधित्व गर्दै सहभागिता जनाइका थिए । उनी मोडलिङको क्षेत्रमा निकै अब्बल मानिन्छन् भने मोडलिङको विभिन्न प्रतियोगितामा कोरियोग्राफि पनि गरेका छन् ।

त्यस्तै क्रिकेटर सिद्धान्त लोहनी नेपाली राष्ट्रिय त्रिकेट टिमबाट २०१५ मा आइसिसि ट्वान्टी ट्वान्टी वल्र्डकप क्वालिफायरमा खेलेका थिए ।उक्त प्रतियोगितामा उनले २ चौका र २ छक्काको मद्धतले २७ रन जोडेका थिए,उनले त्यहाँ प्रहार गरेकाे हेलिकप्टर सट आईसिसिले उत्कृष्ट मानेको छ ।उनले घरेलु प्रयिोगितामा निकै राम्रो प्रदर्शन गरिरहेका छन् ।

अर्का क्रिकेटर ललित राजवंशीले आइसिसी १९ वर्षमूनिको विश्वकप छनौटका क्रममा नेपाललाई पहिलोपटक उपाधि दिलाउने क्रममा उनले फाइनलमा आयरल्याण्डविरुद्ध १० ओभरमा १ मेडन राख्दै ३६ रनमा ४ विकेट लिएका थिए । उनले राष्ट्रिय टिमबाट पनि उत्कृष्ट प्रदर्शन गरेका छन् ।

कार्यक्रममा कप्तान पारस खड्का र राजनितिज्ञ हाजि अहम्मदलाई लियो युनिक लाईफ टाईम एचिभ्मेन्ट अवार्ड प्रदान गरिएको थियो भने विराटनगरका उदयीमान युवाहरुलाई प्रशंसा पत्र वितरण गरिएको थियो ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top