२८ बैशाख , काठमाडौं । नेपालमा कोरोना संक्रमित बिरामीको संख्या दैनिक तीवरूपमा बढेपछि अहिले अक्सिजन सिलिन्डरको माग चुलिएको छ ।
अक्सिजन सिलिन्डरको आपूर्ति सहज बनाउन व्यावसायिक संस्थाहरूदेखि जलविद्युत् आयोजना, निर्माण व्यवसायी, औद्योगिक क्षेत्रहरूले सिलिण्डर उपलब्ध गराउन सार्वजनिक अपिल गरेका छन् ।
नेपाल अक्सिजन उत्पादक संघले भने अक्सिजन सिलिन्डर उपलब्ध नभएको जनाकारी दिएको छ । संघका अनुसार अहिले दैनिक १६ हजारदेखि १८ हजार सिलिण्डर अक्सिजन उत्पादन भइरहेको छ भने माग पनि दैनिक ४५ हजारदेखि ५० हजार सिलिन्डरसम्म पुगेको छ ।
संघका अध्यक्ष गौरव शारडाले काठमाडौं उपत्यकामा मात्रै हाल दैनिक ८ हजार अक्सिजन सिलिण्डर उत्पादन भएको र २४ घण्टा नै प्लान्ट सञ्चालनमा आइरहेको बताए ।
अहिले नेपालकै उत्पादनबाट अक्सिजनको माग धानिएको छ । यद्यपि सिलिन्डरको अभाव भने कायमै छ । यस्ता सिलिण्डर नेपालले भारत र चीनबाट आयात गर्दै आएको छ ।
‘धेरै संख्यामा हाम्रा अक्सिजन सिलिन्डर हराइरहेका छन्,’ शारडाले भने, ‘अहिले चाप बढेपछि अस्पतालहरूले पनि सिलिन्डर लिएर आएका छन् भने प्रशासनले पनि जफत गरी उपलब्ध गराएको छ ।