सुनसरी अदालतविरुद्ध सिद्धबाबा पुगे उच्च अदालत

२५ पुस, विराटनगर । आफनै अनुयायी बलात्कारको आरोपमा जिल्ला अदालत सुनसरीबाट तीन लाख रुपैयाँ धरौटीमा छुटेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरी आदेश बदरको माग गर्दै उच्च अदालत विराटनगर पुगेका छन् ।

गिरीले जिल्ला अदालतको आदेश बदर गरी साधारण तारेखमा मुद्दाको पूर्पक्ष गर्न पाउनुपर्ने माग गर्दै उच्च अदालतमा मंगलबार निवेदन दिएका हुन् । आफ्नै अनुयायीमाथि बलात्कार गरेको किटानी जाहेरी परेपछि प्रहरीले गिरीलाई जबरजस्ती करणी मुद्दामा अनुसन्धान गरेको थियो । सो मुद्दामा पुस १४ गते जिल्ला अदालत सुनसरीका न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले तीन लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो ।

जिल्लाको आदेशविरुद्ध १६ पुसमा उच्च सरकारी वकिलको कार्यालयले उच्च अदालतमा गिरीलाई पुर्पक्षका लागि थुनामा राख्न माग गर्दै निवेदन दिएको थियो । उक्त मुद्दामा उच्च अदालतका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले १८ पुसमा मिसिलसहितको कैफियत प्रतिवेदन झिकाउने आदेश दिएको थियो ।

सिद्धबाबाले पनि जिल्लाको आदेश बदरका लागि निवेदन गरेपछि मुख्य न्यायाधीश श्रेष्ठको इजलासले अब दुबै मुद्दालाई सँगसँगै हेर्ने छन्।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top