स्वयम्भूबाट १० किलो गाँजासहित दुईजना पक्राउ

२९ भदौ ७७, मंगलबार

३० भाद्र, काठमाडौं ।
प्रहरीले काठमाडौंको स्वयम्भूबाट १० किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका–१३ पुरानो नैकापका २२ वर्षीय सुवर्ण पौडेल र धादिङ थाक्रे गाँउपालिका–५ घर भएका २७ वर्षीय सागर लामा छन् । महानगरीय प्रहरी वृत्त स्वयम्भू र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले उनीहरुलाई भगवानपाउ नजिकैबाट पक्रेको हो ।

लागु औषध मुद्दामा अदालतबाट ७ दिनको म्याद लिएर उनीहरुमाथि अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त स्वयम्भूका डीएसपी निरन्जनदत्त भट्टले जानकारी दिए ।
भगवानपाउ तर्फ आउँदै गरेको बा.२ज ५७०९ नम्बरको ट्याक्सीमा गाँजा कारोबारी चढेको सुराकको आधारमा स्वयम्भू प्रहरी र सशस्त्र प्रहरीले संयुक्त अपरेशन चलाएका थिए ।

ट्याक्सीलाई नियन्त्रणमा लिएर सर्च गर्दा सुवर्ण र सागरको साथमा धुलो गाँजा फेला परेको थियो । गाँजा कारोबारमा संलग्नहरुले सो गाँजा मकवानपुरको पालुङबाट ल्याएको प्रहरीलाई बताएका छन् ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top