अमेरिकामा भीषण डढेलोः नियन्त्रण गर्न नसकेको भन्दै ट्रम्पको आलोचना

२९ भदौ ७७, मंगलबार

३० भाद्र, एजेन्सी ।
अमेरिकामा तीन वटा राज्यमा सल्किइरहेको डढेलो झनै तीव्र गतिमा फैलिरहेको छ ।

अगष्टको सुरुदेखि क्यालिफोर्निया, आरेगन र वासिङ्टनमा फैलिएको डढेलोका कारण ३५ जनाको ज्यान गइसकेको छ, कयौं व्यक्ति बेपत्ता छन् । डढेलोले दुई लाख हेक्टर क्षेत्रफल ध्वस्त बनाएको छ, सयौं भौतिक संरचना जलेर खरानी भएका छन् भने लाखौं जीवजन्तु मरेका छन् ।

अझै पनि डढेलो नियन्त्रणमा आएको छैन, तीन राज्यमा ३० वटा ठूला डढेलो सक्रिय रहेकाले लाखौं व्यक्तिलाई घर छाड्न प्रशासनले उर्दी जारी गरेको छ । डढेलोका कारण अमेरिकाको जलवायुमै परिवर्तन आउन सक्ने वातावरणविद्ले चेतावनी दिएका छन्, डढेलोकै कारण केही ठाउँको तापक्रम ४८ डिग्रीभन्दा माथि पुगेको छ ।

Advertisement

यसैबीच डढेलो प्रभावित क्यालिफोर्निया राज्यको भ्रमणका क्रममा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले जलवायु परिवर्तनसम्बन्धी चासोलाई खारेज गर्दै चिसो हुन थाल्ने भनेर अधिकारीहरूलाई जवाफ दिएका छन्। यसअघि सोमवार डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपति पदका उम्मेदवार जो बाइडनले ट्रम्पलाई जलवायु परिवर्तनविरुद्ध उत्रिने व्यक्तिको संज्ञा दिएका छन्।

एउटा कार्यक्रममा बोल्दै उनले अर्को चार वर्ष ट्रम्प ह्वाइट हाउसमा भए अमेरिकाले थप आगलागी झेल्नुपर्ने टिप्पणी गरे। डढेलो नियन्त्रणमा प्रभावकारी काम गर्न नसकेको भन्दै राष्ट्रपति डोनाल्ड ट्रम्पको चर्को आलोचना भएको छ ।

Advertisement

डढेलो नियन्त्रण गर्न ट्रम्प प्रशासनले ध्यान नदिएको र ठूलो क्षति बेहोर्दा पनि अञ्जान जस्तो गरेको भन्दै ट्रम्पको आलोचना भएको हो । डढेलोप्रति ट्रम्पको बेवास्ताको असर आउँदो नोभेम्बरमा हुने चुनावमा देखिने आँकलन गरिएको बीबीसीले जनाएको छ ।

Advertisement

भर्खरको समाचार

डिगो नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बन्यो

71a582fd-c7c8-4e6d-bbc8-ff7d56b35553

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

नेपालको निर्यात सोयाबिन र अलैंचीले सुधार्याे

141afa71-6e09-4684-a194-bf9c5bddf17e

चितवनमा गगनले खोलेको ८५ जनाको कत्लेआम के थियो ?

RSP Nepal netaharu_NPL (6)

नेपाल कालोसूचीको डिलमा,खैरो सूचीबाट निस्कन नेपालले के–के गर्नुपर्छ?

Screenshot 2026-06-22 144548

अबको ३० वर्ष नेपालको राजनीति रवि र बालेनकै वरिपरि ?

1000480255

रास्वपा महाधिवेशनः आज रविसहित ६ नेताले प्रतिवेदन पेस गर्दै

727287654_1053636067323777_8135060616549882458_n

अमेरिका–इरानबिचको वार्तामा ‘उत्साहजनक प्रगति’

flags of USA and Iran

जङ्गल, खेतबारी, घर हुँदै सदनमा पसेको बाँदर !

Monkey-in-Khotang

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

सम्बन्धित समाचार

Scroll to Top