×

NEPAL TIMES UPDATES

Playing
बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?|| Nepal Times
Apr 22, 2026
Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026
Playing
World News: होर्मुजमा जहाजमाथि इरानी आ*क्र*मण, ‘ठूलो क्षति’को आंकलन || Nepal Times
Apr 22, 2026
Playing
छानबिनको बाटो खुला गर्दै गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा#SudhanGurung
Apr 22, 2026
Playing
Thailand bridge योजना के हो? खाडीले बदलियो रणनीति || Nepal Times
Apr 22, 2026
Playing
Top 15 Afternoon News || April-22-2026 || Nepal Times
Apr 22, 2026
Playing
काठमाडौं आएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?|| Nepal Times
Apr 22, 2026
Playing
बाब अल–मन्डेब इरानको नयाँ हतियार, ट्रम्पनीतिको विरुद्धमा नयाँ ‘कार्ड’|| Nepal Times
Apr 22, 2026
Playing
हर्क साम्पाङले देखाइरहेको राजनीतिक परिपक्कता || Nepal Times
Apr 22, 2026
Playing
दीपक साहलाई “राइट टु रिकल”, सुदन गुरुङलाई.............. ?|| Nepal Times
Apr 22, 2026

स्वास्थ्य सामग्री खरिदमा सरकारले गरेको खर्च पारदर्शी छ: प्रधानमन्त्री ओली

४ असार, काठमाडौँ।

प्रधानमन्त्री केपी शर्मा ओलीले क्वारेन्टिनको व्यवस्थापन, खानपान, औषधोपचार तथा स्वास्थ्य सामग्री खरिदमा सरकारले गरेको खर्च पारदर्शी रहेको बताएका छन्।

Advertisement
Advertisement

राष्ट्रियसभाको आजको दोस्रो बैठकमा विनियोजन विधेयक, २०७७ अन्तर्गत राष्ट्रिय योजना आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपति तथा उपराष्ट्रपति कार्यालयसम्बन्धी विनियोजन शीर्षकमाथि सांसदले उठाएको जिज्ञासाको जवाफ दिँदै उनले कोरोना रोकथाममा खर्च भएको रकमको आन्तरिक लेखा परीक्षण र महालेखा परीक्षणका क्रममा प्रष्टसँग आउने बताए।

स्थानीय तहले निकै कष्टकर ढङ्गबाट सङ्क्रमितको व्यवस्थापन गरिरहेको अहिलेको अवस्थामा परिस्थितिजन्य घटनालाई बेवास्ता गर्दै केहीलाई दैनिक हिसाबकिताब चाहिएको उनको टिप्पणी थियो । “कोरोनामा खर्च भएको रकम मात्र होइन, आगामी आवको रु १४ खर्बको बजेटको खर्च पनि पारदर्शी हुन्छ”, उनले भने, “म बाहेक अरू सबै भ्रष्ट छन् र यो देशमा भ्रष्टबाहेक कोही जन्मदैनन् र छैनन् भन्ने तथा सरकारमा रहेका व्यक्तिको चरित्र हत्या गर्ने मान्यता राख्नुभएन ।”

प्रधानमन्त्री ओलीले आफूले भ्रष्टाचार नगर्ने र गर्न नदिने प्रतिबद्धता दोहो¥याउँदै यदि कहीँकतै अनियमितता भएको भए सम्बन्धित निकायले जाँचबुझ गर्ने बताए। आपतकालमा छोटो प्रक्रियाबाट सामग्री खरिद गरिने जानकारी दिँदै उनले कोरोनाले आक्रान्त पारेको बेला कसैले भ्रष्टाचार गरेको भए कारबाही हुने बताए । उनले भने, “त्यस्तालाई कारबाही गरिन्छ, हुन्छ ।”

प्रधानमन्त्री ओलीले कोभिड–१९ ले आम जनतालाई त्रसित बनाएको उल्लेख गर्दै जनतालाई सङ्क्रमणबाट जोगाउन सरकारले लकडाउनको घोषणा गरेको जानकारी दिए। “यसले मानसिक सन्त्रास मात्र गरेको छैन, रोजगारी तथा आम्दानीमा पनि असर गरेको छ । जनता प्रत्यक्षरुपमा पीडामा छन् । यो पीडा सरकारले देखेको छ, बुझेको छ”, उनले भने, “मैले गाउँ, शहर देखेको छु । आर्थिक तथा शारीरिक हिसाबले अत्यन्त प्रतिकूल अवस्था झेलेर आएको छु । जनता, गाउँका गरिब तथा गिटी कुट्नेको समस्या पनि प्रधानमन्त्रीले बुझेको छ ।”

असहाय तथा गरिबका लागि सरकार छ भन्ने अनभूति गराउन आफूहरु क्रियाशील रहेको जानकारी दिँदै प्रधानमन्त्रीले पछिल्लो समयमा सरकारले कोही पनि भोकै पर्दैन, भोकले कोही मर्दैन भन्ने मान्यता स्थापित गरेको बताए । पहिलेको भन्दा जनस्तरबाटै परिवर्तनको अभाष हुने गरी काम गरिरहेको उनको भनाइ थियो । प्रधानमन्त्रीले जनताको हितका पक्षमा कुनै खेलवाड नगर्ने भन्दै विरोधका नाममा विरोध गरेर आफैँलाई कमजोर रुपमा प्रस्तुत नगर्न आग्रह गरे ।

रुकुम पश्चिम घटनाका सम्बन्धमा सरकारलाई अनावश्वयक रुपमा नजोड्न आग्रह गर्दै उनले घटनाको अनुसन्धान भइरहेको र संलग्नलाई नियन्त्रणमा लिइएको जानकारी दिए । क्वारेन्टिनमा रहेकी महिला बलात्कृत हुनु अन्त्यन्त दुःखद् भएको उनको भनाइ थियो । “मानव जातिका निम्ति यो कलङ्कको घटना हो यस घटनाको जति निन्दा गरे पनि कम हुन्छ”, उनले भने, “यो निन्दनीय घटना हो, यस अपराधिक घटनामा संलग्नलाई कारबाही हुन्छ ।”

उनले शान्ति, सुव्यवस्था र जनताको जीउधनको रक्षा गर्न सरकार प्रतिबद्ध रहेको बताए। बितेका दुई वर्षमा सरकारले असाधारण काम गरेको दोहो¥याउँदै उनले सरकार ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा हासिल गर्न कटिबद्ध रहेको बताए। पछिल्ला समय राष्ट्रियताको सन्दर्भमा नयाँ उपलब्धि हासिल भएको उल्लेख गर्दै उनले नेपालमाथि अन्याय गर्न र नेपालीलाई विभाजन गर्न सम्भव नभएको पनि पुष्टि भएको बताए ।

प्रतिरोधी क्षमताका कारण मृत्युदरमा कमी

प्रधानमन्त्री ओलीले कोरोना सङ्क्रमितको उपचारका लागि नेपालले प्रयोग गरेको उपचार विधि र प्रतिरोधी क्षमताका कारण मृत्युदर अत्यन्त कम देखिएको बताए । दैनिक भान्छामा पाइने वस्तुको प्रयोगबाट रोग प्रतिरोधी क्षमता अभिवृद्धि गर्न सकिने दृष्टान्त पेश गर्दै उनले प्रतिरोधी क्षमता बढाउने घरेलु उपाय बताउँदा केही बजु्रुकले हामीलाई उडाएका छन् भने। “प्रतिरोधी क्षमता कसरी बढ्छ भन्दा हामीलाई उडाइरहनू किन ?”, उनले भने, “ठीक ढङ्गले भनिएका कुरालाई नकारात्मक रुपले लिने र त्यसलाई उडाउने प्रवृत्तिले घर गरेको छ ।”

कोरोनाबाट मृत्यु भएकाको तथ्याङ्क पेश गर्दै प्रधानमन्त्री ओलीले भने, “नेपालमा प्रति १० लाखमा ०.७ प्रतिशत मृत्यु रहेको छ, यो संसारको धेरै देशभन्दा न्यून हो ।” बुधबारसम्म कोरोनाबाट नेपालमा २० जनाको ज्यान गएको छ । निधन भएका २० जनामध्ये कोरोनाकै कारणले निधन हुनेको सङ्ख्या अन्त्यन्त न्यून भएको जानकारी दिँदै उनले अरू विभिन्न कारणले मृत्यु भएको अवस्थामा पनि कोरोना पोजेटिभ देखिए, त्यसलाई कोरोनाले मृत्यु भएको मान्नुपर्ने विश्व स्वास्थ्य सङ्गठनको मापदण्डका कारण सङ्ख्या केही धेरै देखिएको बताए ।

प्रधानमन्त्री ओलीले भारतबाट आउने क्रम बढेसँगै नेपालमा पनि कोरोना सङ्क्रमित थपिँदै गएको बताउँदै बुधबारसम्म कूल सङ्क्रमितको सङ्ख्या सात हजार १७७ पुगेको जानकारी दिए। पाँच हजार ९९० सङ्क्रमितको उपचार भइरहेको र एक हजार १६७ जना सङ्क्रमणलाई जितेर घर फर्केको पनि उनले बताए । नेपालमा प्रतिदश लाखमा सङ्क्रमित सङ्ख्या २४७ मा सीमित रहेको तथ्याङ्क दिँदै उनले आरडीटी र पीसीआर गरी तीन लाख ८३ हजार ३१५ जनालाई परीक्षण गरिएको जानकारी दिए। नेपालमा प्रतिदश लाखमा १३ हजार १६६ जनाको परीक्षण गरिएको जानकारी दिँदै उहाँले परीक्षणको दायरामा दक्षिण एशियामा भुटानपछि नेपाल अग्रस्थानमा रहेको छ भने ।

‘बाढीको सामाना गर्नुप¥यो’

प्रधानमन्त्री ओलीले कोरोना सङ्क्रमितको सङ्ख्या दिनप्रतिदिन बढिरहेको भए पनि समुदायमा सङ्क्रमण नदेखिएको बताउनुभयो । उहाँले क्षमता र तयारी भन्दा विदेशबाट आउनेको सङ्ख्या ठूलो हुँदा क्वारेन्टिनको व्यवस्थापन र परीक्षणमा अलमल देखिएको बताउनुभयो । “हामीले देशभित्र वा बाहिरको फाट्टफुट्ट आगमनको सामना गर्नुपर्ने अवस्था रहेन, बाढीको जस्तो सामना गर्नुप¥यो”, प्रधानमन्त्रीले भन्नुभयो, “अरू देशमा बाहिरबाट आउने र समुदायमा फैलाउने समस्या देखियो भने हाम्रोमा बाहिरबाट आउने सङ्ख्या ठूलो भयो, तर समुदायमा त्यति धेरै सङ्क्रमण फैलन पाएन ।”

गत चैतदेखि जेठसम्म मुलुकभित्र झण्डै पौने तीन लाख नागरिक भित्रिएको जानकारी दिँदै उहाँले भारतबाट एकैचोटी ठूलो सङ्ख्या भित्रँदा व्यवस्थापनमा समस्या भएको बताए । “भारतबाट गत चैतमा १२ हजार ६५७, वैशाखमा ११ हजार ७४९ र जेठमा दुई लाख ४१ हजार ८६२ जना नेपाल भित्रिएका छन्”, उनले भने, “असारमा सो सङ्ख्या केही घटेको छ । १ गते एक हजार ४१०, २ गते चार हजार ८० र ३ गते दुई हजार १२ जनाको आवागमन भएको छ । बुधबारसम्म सात हजार ५०२ जना भारतबाट आएका छन् ।”

प्रधानमन्त्री ओलीले विदेशबाट आउनेको सङ्ख्या बढेसँगै सरकारले कोभिड–१९ परीक्षणको दायरालाई बढाउँदै लगेको जानकारी दिँदै परीक्षणलाई अनुकूल स्थितिमा क्षमता अभिवृद्धि गरिने बताए । “हामीले अधिकतम सात हजारसम्म परीक्षण गर्न सकेका छौँ, नत्र चार हजारदेखि चार हजार ५०० सम्म परीक्षण भइरहेको छ”, उनले भने, “परीक्षणमा लामो समय प्रतीक्षा गर्नु नपरोस् भन्नेमा ध्यान दिएका छौँ ।”

क्वारेन्टिनमा बस्नेको सुरक्षा, खानपिन र बस्ने तथा परीक्षणको प्रबन्ध मिलाउनु चुनौतीपूर्ण रहेको बताउँदै उनले यसको प्रबन्ध मिलाउने स्थानीय तहका पदाधिकारीलाई धन्यवाद दिए । “बाहिरबाट भन्नलाई धेरै सजिलो छ, तर ती चिजको व्यवस्था स्थानीय तहमा गर्न सजिलो छैन । हामी अनुमान गर्न सक्छौँ, जेठमा झण्डै अढाइ लाख प्रवेश गरे भने कसरी व्यवस्थापन ग¥यौँ होला ?”, उनले भने।

विश्वको कुनै पनि मुलुक कोभिड¬१९ को प्रतिक्षा गरेर नबसेको, पछिल्ला छ महिनामा भयानक ढङ्गले आएको र लाखौँ मान्छेलाई मृत्युवरण गर्न बाध्य बनाएको प्रधानमन्त्रीको भनाइ थियो । “कोरोनाबाट लड्ने तयारीका साथ कोही बसेको थिएन, सङ्क्रमणले विश्वव्यापी रुप लिएसँगै हामीले राम्रो तयारी गरेका थियौँ, त्यसैले हाम्रोमा अरू कुनै कारणले होइन, हाम्रै कारणले सङ्क्रमितको सङ्ख्या कम छ ।”

विदेशबाट ल्याउन सजिलो छैन

प्रधानमन्त्री ओलीले बाहिर भनिएजस्तो विदेशमा अलपत्र परेको नागरिकलाई ल्याउन सजिलो नभएको बताए। “विदेशबाट ल्याउन सजिलो हुँदैन, त्यसका लागि अनेक प्रबन्ध मिलाउनुपर्छ । तै पनि हामीले बाहिरबाट ल्याउन थालेका छौँ, ल्याइरहेका छौँ, यो क्रम केही पछाडिसम्म जान सक्छ”, उनले भने, “कोभिड सङ्क्रमित छ कि छैन परीक्षण गरेर मात्र ल्याउनुपर्छ, परीक्षण नगरी कतिपय मान्छे आए, विश्व स्वास्थ्य सङ्गठनको मान्यताअनुसार त्यसरी पठाउन पाइँदैन ।”

भारतबाट कोभिड परीक्षण गरी आउन सम्भव नभए पनि अन्य मुलुकबाट परीक्षण गरेर ल्याइरहेको उनको भनाइ थियो । उहाँले गत जेठ २१ देखि असार १ गतेसम्म विभिन्न मुलुकमा अलपत्र परेको एक हजार ११७ नागरिकलाई उद्धार गरेर ल्याइएको र उनीहरुलाई क्वारेन्टिनमा राखिएको जानकारी दिए।

“विदेशबाट ल्याएकालाई सङ्क्रमणबाट जोगाउन र जोगिनलाई क्वारेन्टिनमा राखिएको छ । भन्न सजिलो छ, त्यत्रो मान्छेलाई क्वारेन्टिनमा राख्न सजिलो छैन”, प्रधानमन्त्रीले भने, “देशका अर्थतन्त्र, स्वास्थ्य अवस्था कस्तो थियो, त्यस अवस्थाबाट अहिलेको महामारी सामना गर्न कति तयारी गरेका छौँ, त्यो सबैले हेर्नुपर्छ ।”

एमसीसीमा अनावश्यक हल्ला गरियो

प्रधानमन्त्री ओलीले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौताका बारेमा समेत सदनमा स्पष्ट पारे । उनले हल्लाको पछाडि लागेर कुनै पनि विषयमा अनावश्यक तर्कवितर्क नगर्न आग्रह गरे। उनले भने, “सो सम्झौतामा के कस्ता विषय समावेश छन् । सो सन्दर्भमा खोजेर पढ्न म सबैलाई आग्रह गर्दछु । हल्लाका पछाडि लाग्नुको कुनै अर्थ छैन ।”

अमेरिकी सेना आउने भो भनेर अनावश्यक रुपमा हल्ला गरिएको र गलत प्रचार गरिएको भन्दै प्रधानमन्त्रीले भने, “कागले कान लग्यो भनेर कागको पछाडि दौड्ने कि कान छाम्ने हो । लहैलहैमा कुद्ने प्रवृत्ति सान्र्दभिक छैन, विकास हुन आट्यो भन्ने चिन्ता हो, कि अनुदान आयो भन्ने चिन्ता हो ?”

प्रधानमन्त्रीले आफूले विगतदेखि नै राष्ट्र, राष्ट्रियताको पक्षमा अडान राखेको र त्यस्तो अडान पदमा रहँदा वा नरहँदासमेत कायम नै रहेको उल्लेख गरे । उनले आगामी साउनको अन्त्यसम्म कोरोना क्रमशः पिकमा पुग्ने र भदौदेखि ओरालो लाग्ने अनुमान प्रस्तुत गरे । उनले नेपालीका ठूला चाडवाड दशैँ, तिहार, छठमा सामाजिक व्यवहारमा ध्यान नदिइएको खण्डमा पुनः कोरोनाको सङ्क्रमण बढ्नसक्ने भएकाले ध्यान दिन आग्रह गरे ।

उनले सरकारले क्रमशः क्वारेन्टिन, उपचारको थप उचित प्रबन्ध गर्दै जाने र विदेशबाट सङ्क्रमित कम आउने सन्दर्भमा कोरोना नियन्त्रण हुने उल्लेख गर्नुभयो । उनले भने, “कतिपय देशका कार्यकारी प्रमुखले भगवान भरोसा भन्दै हात उठाएको भए पनि नेपाल त्यो अवस्थामा नपुगेको र त्यस्तो दिन आउनै नदिन लागिएको छ ।”

प्रधानमन्त्री कार्यालयमा अनुपयुक्त बजेट विनियोजन नभएको स्पष्ट पार्दै उनले आग्रह तथा पूर्वाग्रहका आधारमा प्रधानमन्त्रीको कार्यालय देख्नै नहुने गरी तर्क गर्नुको समेत अर्थ नभएको बताए । प्रधानमन्त्री ओलीले क्षमताअनुसार कोरोना नियन्त्रणमा बजेट विनियोजन गरिएको र मातहतका सबै निकायमा गरिएको खर्च आवश्यक नै भएको स्पष्ट पारे । कोरानाका कारण शारीरिक मात्रै नभई मानसिक बिरामी बनाएकाले उनीहरुलाई मनोवैज्ञानिक रुपमा सबल बनाउन लाग्नुपर्ने उनले स्पष्ट पारे।

प्रधानमन्त्रीले आफूले अभिभाकत्व लिएको मुगु र सिरहाका बालबालिकासहित देशैभरका विद्यार्थीलाई सहज रुपमा अध्ययन अध्यापन गराउनसमेत पहल गरिरहेको जानकारी दिए । “सरकारले यही असार १ गतेदेखि अनलाइन, रेडियो तथा टेलिभिजनबाट शैक्षिक गतिविधि अगाडि बढाएको छ”, उनले भने, “सबै स्थानमा सुविधा, सहुलियत, पहुँच पु¥याउन सकिएको छैन । इन्टरनेट पु¥याउने, कम्प्युटर, टेलिभिजनको पहुँच, टावर, प्रसारणको क्षमता पुगेका छैनन् । त्यस्ता स्थानका विद्यार्थीप्रति चिन्तित छौँ ।”

Advertisement

उनले नेपालका विद्यार्थीलाई प्रतिस्पर्धी नागरिक बनाउने गरी सरकारले ध्यान दिएको र सोहीअनुसारको काम गरिने बताए । सरकारले आगामी वर्ष, नेपाललाई साक्षर घोषणा गर्ने योजना बनाएको भए पनि कोरोनाका कारण सम्भव नहुने देखिएकाले अर्को वर्ष लाग्ने प्रधानमन्त्रीको भनाइ छ ।रासस

भर्खरको समाचार

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सम्बन्धित खबरहरु

Scroll to Top