१९ देशका ट्राफिक कन्ट्रोलर काठमाडौँमा

५ मंसिर ७६, शुक्रबार

५ मंसिर, काठमाडौँ ।
एयर ट्राफिक कन्ट्रोलर सम्बन्धी ३६ औं एसिया प्यासिफिक क्षेत्रिय सम्मेलन राजधानी काठमाण्डौमा सुरु भएको छ । सम्मेलनमा इन्टरनेशनल फेडेरेशनअफ एयर ट्राफिक कन्ट्रोलर एशोसिएसनमा आवद्ध एसिया प्यासिफिक क्षेत्रका १९ मुलुकका प्रतिनिधिहरु सहभागी छन् ।

विहिबार सुरु भएको सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले सुरक्षित एयर ट्राफिक कन्ट्रोलको चुनौति बढ्दै गएको बताए । उनले नीति र प्रविधि राम्रो भएमा एयर ट्राफिक कन्ट्रोल प्रणाली पनि सुदृढ हुने बताए ।

संस्कृति, पर्यटन तथानागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यले सुरक्षित र भरपर्दो एयर ट्राफिक कन्ट्रोल निर्माणका लागि संरचनाको विकास, कन्ट्रोलर क्षमता र गुणस्तरीय व्यवस्थापनकालागि सरकार सधै तयार रहेको बताए ।

नेपाल एयर ट्राफिक कन्ट्रोलर एसोसिएसनका अध्यक्ष रामकृष्ण भट्टले सुरक्षित एयर ट्राफिक व्यस्थापनका विषयमा समेत छलफल हुने बताए ।  सम्मेलनमा उड्डयन क्षेत्रका चुनौति र अवसरहरु, समानता, विधिकरण र नैतिकता, विकसित एयर ट्राफिक व्यवस्थापन, सूचना र सुरक्षा लगायत विभिन्न पाँच वटा एजेण्डामाथि छलफल हुनेछ । सम्मेलन शनिबारसम्म चल्ने छ ।

भर्खरको समाचार

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

सम्बन्धित समाचार

Scroll to Top