काठमाडौं : सशस्त्र प्रहरी बलले साहसिक उद्धारक सशस्त्र प्रहरी सहायक हवल्दार शिरबहादुर थापालाई ‘वर्ष जवान’ छनोट गरेको छ ।
समाचारको अनुसार सामुद्रिक सतहबाट चार हजार तीन सय मिटर उचाइमा रहेको सोलुखुम्बु जिल्लाको गोक्यो हिमतालमा १८ साउनमा डुबेका तीन विद्यार्थीमध्ये एक जनाको शव निकालेर साहसिक कार्य गरेका सहायक हवल्दार थापालाई वर्ष डीआईजी नारायणदत्त पौडेल संयोजकत्वको छानबिन समितिले बुधबार वर्ष जवान २०७५ छनोट गरेको हो ।
४८ मिटर गहिराई र अत्यन्तै चिसो पानी रहेको सो हिमतालको २५ फिट गहिराईमा पुगेर उनले तीनमध्ये एक विद्यार्थी पेम्बानोर्बुको शव निकालेका थिए ।,आजको राजधानी दैनिकले खबर छापेको छ ।