×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

अझ केही दिन मनसुन सक्रिय रहने, पहिरो र पानीको बहाव बढ्न सक्ने

४ आश्विन २०७६

४ असोज, काठमाडौं ।
मनसुनी न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतर्फ सरेकाले मनसुनको समय अझ लम्बिने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

भारतको मध्य प्रदेशको उत्तर पश्चिमी भागमा र उत्तर प्रदेशको दक्षिणी भागमा एउटा न्यून चापीय प्रणाली विकसित भएकाले अझै वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको हो

यस वर्ष औसतभन्दा मनसुनको सयम लम्बिने सम्भवना रहेको छ । मनसुनको समय लम्बिए पनि भारी वर्षाको सम्भावना भने छैन । छोटो समयमा हल्कादेखि मध्यम हुने महाशाखाको भनाइ छ ।

राति देशका मध्य र पूर्वी भू–भागमा सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आइतबार देशभरि सामान्यदेखि पूर्ण बदली रही देशका धेरैजसो स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ ।

सोमबार देशभरि सामान्य बदली रही केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको साथै पूर्वका पहाडी भेगका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै महाशाखाले आगामी २४ घण्टाको मौसम पूर्वानुमान जारी गर्दै देशका मध्य र पूर्वी भूभागका केही स्थानमा र पश्चिमी भूभागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले पहाडी भूभागमा पहिरो जानसक्ने तथा नदीमा पानीको बहाव बढ्न सक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top