NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हिमनदीमाथिको ’अस्थायी ताल’ फुट्दा रसुवामा प्रलय बुधबार असार २५ , २०८२
विद्या भण्डारीलाई रोक्न ओलीलाई सिंगो कांग्रेसको साथ , के छ स्वार्थ ? बुधबार असार २५ , २०८२
राष्ट्र विखण्डनको अभिव्यक्ति दिने यादवको बचाउमा ६ दल बुधबार असार २५ , २०८२
रसुवामा उडेको सेनाको हेलि चीन पुगेपछि बुधबार असार २५ , २०८२
एनपीएललाई कामनगर्नु भनिएको पत्र नै फर्जी बुधबार असार २५ , २०८२
Next
Prev

समाचार

अध्यादेशबाट मूल ऐनको दफा ४८ संशोधन भएसंगै संवैधानिक अंगमा नियुक्ति गर्ने बाटो खुल्यो

बुधबार बैशाख १० , २०७७
Reading Time: 1 min read
A A
Advertisement
अध्यादेशबाट मूल ऐनको दफा ४८ संशोधन भएसंगै संवैधानिक अंगमा नियुक्ति गर्ने बाटो खुल्यो
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१० वैशाख, काठमाडौं । हाल अख्यिार दुरुपयोग अनुसन्धान आयोगमा केही आयुक्तको पद रिक्त छ । निर्वाचन आयोगमा पनि पद रिक्त छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा ४ सदस्यको पद खाली छ । यस्तै अन्य संवैधानिक आयोगमा पनि त्यस्ता केही पदहरु रिक्त नै छन् ।

संवैधानिक परिषद्ले त्यस्ता पद पूर्ति गर्न पहल गर्नुपर्नेमा लामो समयदेखि त्यसमा अलमल गरिरहेको छ । परिषद् प्रधानमन्त्रीको अध्यक्षमा अन्य ५ सदस्यीय भई गठन हुने संवैधानिक प्रावधान रहेको छ । परिषद्को बैठक बस्न अध्यक्षसहित अन्य ५ जना सदस्य उपस्थित भएमा गणपूरक संख्या हुने व्यवस्था थियो ।

तर, अध्यादेशमार्फत संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्य्विधि) सम्बन्धी ऐन–२०६६ मा संशोधन गरी अब संवैधानिक परिषद्को बैठक अध्यक्षसहित ४ जना भए पनि बैठक बस्न पुग्ने गरी गणपूरक संख्या कायम गरिएको छ । उपस्थित ४ मध्ये ३ जनाको राय मान्य हुने पनि अध्यादेशमा उल्लेख गरिएको छ ।

Advertisement

हाल प्रधानमन्त्री, प्रतिनिधिसभाका सभामुख तथा राष्ट्रिय सभाका अध्यक्ष तीनै जना नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का हुनुहुन्छ । उपसभामुखको पद हालसम्म पनि पूर्ति भएको छैन ।

प्रधानन्यायाधीश तटस्थ पद हो । हाल विपक्षी दलका रूपमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संवैधानिक परिषद्को सदस्यका रूपमा प्रतिनिधित्व गर्दै हुनुहुन्छ । यस अर्थमा हाल परिषद्मा नेकपाकै हालिमुहाली रहेको छ । यस्तो अवस्थामा सत्तारूढ दल नेकपाले जसलाई चाहेको छ, उसैलाई भटाभट संवैधानिक अंगमा नियुक्ति दिने गरी निर्णय गर्न सक्ने देखिन्छ ।

नेपालको संविधानको धारा २८४ मा प्रधानमन्त्रीको अध्यक्षतामा संवैधानिक परिषद् गठन हुने व्यवस्था गरिएको छ । जसको सदस्यहरूमा प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधिसभाको विपक्षी दलको नेता र प्रतिनिधिसभाको उपसभामुख हुन्छन् ।

त्यस्तै राजनीतिक दलसम्बन्धी ऐनले कुनै पनि राजनीतिक दलको संसदीय सदस्य वा केन्द्रीय सदस्यमध्ये जुन ४० प्रतिशत पुगे पनि पार्टी फुटाउने सक्ने गरी मंगलबारदेखि नै बाटो खोलिदिएको छ । अध्यादेशमार्फत संशोधन गरिएको ऐन पनि मंगलबारदेखि नै लागू भएका कारण सो बमोजिम बाटो खुलेको हो ।

ती अध्यादेशमा उल्लेख गरिएका प्रावधान मंगलबार नै छुट्टाछुट्टैरूपमा नेपाल राजपत्रमा प्रकाशित गरिएका छन् । ती राजपत्रमा ‘यो अध्यादेश तुरुन्त प्रारम्भ हुनेछ’ भनिएको छ । पहिलो अध्यादेशको नाम ‘राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश–२०७७’ दिइएको छ । त्यस्तै दोस्रो अध्यादेशको नाम ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्य्विधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश–२०७७’ रहेको छ ।

मूल ऐनको दफा ३३ को उपदफा (२) मा भएका ‘केन्द्रीय समिति र संघीय संसद् र संघीय संसद्का संसदीय दलका कम्तीमा चालिस प्रतिशत सदस्यले’ भन्ने शब्दहरूका सट्टा ‘महाधिवेशनबाट निर्वा्चित केन्द्रीय समिति र नयाँ दर्ता भएको दलको हकमा त्यस्तो दल दर्ता हुँदाका बखतको केन्द्रीय समितिको कम्तीमा चालिस प्रतिशत सदस्य वा त्यस्तो दलको संघीय संसद्को संसदीय दलको कम्तीमा चालीस प्रतिशत सदस्यले एकैपटक’ भन्ने शब्दहरू राखिएका छन् ।

अध्यादेशबाट मूल ऐनको दफा ४८ लाई पनि संशोधन गरिएको छ । सो दफाको उपदफा (१) को प्रतिबन्धात्मक वाक्यांशमा रहेका ‘दर्ता गरिसकेका दलले’ भन्ने शब्दहरू पछि ‘वा दफा ३३ को उपदफा (२) बमोजिम गठन भएको नयाँ दलले’ भन्ने शब्दहरू राखिएका छन् ।

मूल ऐनको दफा ५२ मा पनि केही प्रावधान थप गरिएको छ । सो दफामा प्रतिबन्धात्मक वाक्यांश राखिएको छ । प्रतिबन्धात्मक वाक्यांशमा भनिएको छ– ‘तर, राष्ट्रिय दलको रूपमा मान्यता प्राप्त गरेका दलका सदस्यहरूले दफा ३३ को उपदफा (२) बमोजिम नयाँ दल गठन गरेमा त्यस्तो दलले समानुपातिकतर्फको त्यस्तो प्रतिशत पूरा गर्न आवश्यक हुने छैन ।’

यसै गरी अध्यादेशले दफा ३३ को उपदफा (१) मा प्रतिबन्धात्मक वाक्यांश थप गरेको छ । थपिएको बाक्यांशमा ‘तर दफा ३३ को उपदफा (२) बमोजिम गठन भएका दलका केन्द्रीय समितिका पदाधिकारी र सदस्यले त्यस्तो दल दर्ता भएको साठी दिनभित्र त्यस्तो विवरण पेस गर्नुपर्नेछ’ उल्लेख छ ।

त्यस्तै संशोधन भएको दोस्रो ऐनको दफा ६ को उपदफा (६) लाई झिकिएको छ । सो उपदफामा ‘उपदफा (५) बमोजिम सर्वसम्मत कायम हुन नसकेमा सो विषयमा निर्णय हुन सक्ने छैन’ भन्ने उल्लेख थियो ।

उपदफा (७) मा भएको सम्पूर्ण प्रावधानलाई हटाई अर्कै प्रावधान राखिएको छ । उपदफा (७) को नयाँ प्रावधानमा भनिएको छ– ‘उपदफा (३) बमोजिम परिषद्को बैठकको गणपूरक संख्या नपुगेमा वा उपदफा (५) बमोजिम निर्णय हुन नसकेमा अध्यक्षले कम्तीमा चौबीस घन्टाको समय दिई पुनः अर्को बैठक बोलाउन लगाउनेछ ।’ हटाइएको प्रावधानमा सर्वसम्मत हुन नसकेमा अध्यक्षले अर्को बैठक बोलाउन सक्ने र सो बैठकमा बहुमतबाट पनि निर्णय हुन सक्ने उल्लेख गरिएको थियो ।

अध्यादेशले उपदफा (७ क) पनि थप गरेको छ । थपिएको सो उपदफामा ‘उपदफा (७) बमोजिम बोलाइएको बैठकमा अध्यक्षसहित तत्काल बहाल रहेका बहुमत सदस्य उपस्थित भएमा परिषद्को बैठकको गणपूरक संख्या पुगेको मानिनेछ र त्यस्तो बैठकमा अध्यक्षसहित उपस्थित सदस्यको बहुमतबाट निर्णय हुन सक्नेछ’ भनिएको छ ।
दफा ६ को उपदफा (३) मा कम्तीमा पाँच जना सदस्य भए मात्र संवैधानिक परिषद्को गणपूरक संख्या मानिएको थियो भने अध्यादेशबाट संशोधन गरेपछि अध्यक्षसहित ४ जना भए पनि गणपूरक संख्या मानिएको छ । बैठकमा उपस्थित ४ मध्ये ३ जनाको बहुमतले कुनै पनि विषयमा निर्णय गर्न सक्ने गरी अध्यादेशमा व्यवस्था गरिएको छ । (रासस)

लोकप्रीय

हिमताल फुटेको आशंका,मितेरी पुल बगेपछि टुट्यो नेपाल–चीन सम्पर्क

हिमनदीमाथिको ’अस्थायी ताल’ फुट्दा रसुवामा प्रलय

बुधबार असार २५ , २०८२
संविधान दिवसमा ६८१ कैदीलाई आममाफी,९९८ जनालाई विभूषण

विद्या भण्डारीलाई रोक्न ओलीलाई सिंगो कांग्रेसको साथ , के छ स्वार्थ ?

बुधबार असार २५ , २०८२
राष्ट्र विखण्डनको अभिव्यक्ति दिने यादवको बचाउमा ६ दल

राष्ट्र विखण्डनको अभिव्यक्ति दिने यादवको बचाउमा ६ दल

बुधबार असार २५ , २०८२

विचार

थप समाचार

हिमताल फुटेको आशंका,मितेरी पुल बगेपछि टुट्यो नेपाल–चीन सम्पर्क
ताजा समाचार

रसुवामा उडेको सेनाको हेलि चीन पुगेपछि
ताजा समाचार

रसुवामा उडेको सेनाको हेलि चीन पुगेपछि

बुधबार असार २५ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14
Currently Playing

World News: China–Pakistan–Bangladesh गठबन्धन Indiaलाई ख*तरा, Russiaले हान्यो ७२८ ड्रोन

World News: China–Pakistan–Bangladesh गठबन्धन Indiaलाई ख*तरा, Russiaले हान्यो ७२८ ड्रोन

00:13:03

World News: अमेरिकी लगानीकर्तालाई इरान खुला, इरान–रूस–टर्कीएबीच वार्ता || Nepal Times

00:14:39

World News: Chinaले ताइवान र Russiaले नेटोमा एकैसाथ ह*म*ला गर्ने, ब्रिक्स ‘अमेरिका विरोधी’

00:14:24

World News:Ukraineमा रासायनिक ह*ति*यार प्रयोग तीव्र, टेक्सास बाढीमा मृ*तक थपिदै || Nepal Times

00:19:24

World News: यु*द्धविरामका लागि हमास तयार, Trump संग Zelensky को गुहार || Nepal Times

00:11:21

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

विनोद चौधरी संकटमा, सर्वोच्चमा मुद्दा, पार्टीभित्र शेखरसँग वाकयुद्ध

विनोद चौधरी संकटमा, सर्वोच्चमा मुद्दा, पार्टीभित्र शेखरसँग वाकयुद्ध

आइतवार असार २२ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

आज कुन–कुन प्रदेशमा हुँदैछ भारी वर्षा ?

आइतवार असार २२ , २०८२
महिला फुटबल प्रशिक्षक नफर्किने मुडमा, एन्फाले काम गर्न दिएन

महिला फुटबल प्रशिक्षक नफर्किने मुडमा, एन्फाले काम गर्न दिएन

मङ्लबार असार २४ , २०८२

हालका पोस्टहरू

हिमताल फुटेको आशंका,मितेरी पुल बगेपछि टुट्यो नेपाल–चीन सम्पर्क

हिमनदीमाथिको ’अस्थायी ताल’ फुट्दा रसुवामा प्रलय

बुधबार असार २५ , २०८२
संविधान दिवसमा ६८१ कैदीलाई आममाफी,९९८ जनालाई विभूषण

विद्या भण्डारीलाई रोक्न ओलीलाई सिंगो कांग्रेसको साथ , के छ स्वार्थ ?

बुधबार असार २५ , २०८२
राष्ट्र विखण्डनको अभिव्यक्ति दिने यादवको बचाउमा ६ दल

राष्ट्र विखण्डनको अभिव्यक्ति दिने यादवको बचाउमा ६ दल

बुधबार असार २५ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.