×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

अबिरल बर्षापछि महानगर जलमग्न, कोशीको बहावमा उतारचढाव जारी

१८ असार २०७५

विराटनगर,असार १८
आइतबाररातिदेखि परेको अबिरल बर्षापछि विराटनगर महानगरपालिकाका अधिकांश क्षेत्र जलमग्न भएका छन । महानगरमा जारी अब्यवस्थित विकास निर्माणका कारण पानीले निकास नपाएपछि महानगर जलमग्न भएको हो । रातिदेखि परेको अविरल पानीले निकास नपाएपछि विराटनगर जलमग्न भएको छ ।

यसक्षेत्रमा पछिल्लो समय ४६ मिलिमिटर बर्षा भएको छ । एकैपटक नगरक्षेत्रका अधिकांश बाटा र नाला भत्काइएकाले पानीले निकास नपाउदा नगरक्षेत्रका सडक सहित स्कुल,अस्पताल,कार्यालय र सर्वसाधारणका घर जलमग्न भएको छ । नगरक्षेत्रका बाटाघाटा जलमग्न र हिलाम्मे भएपछि सर्वसाधारणलाई सवारीसाधन कुदाउन र आउजाउ गर्न समस्या भएको छ ।

विराटनगरको पोखरीयास्थित राधाकृष्ण माध्यमिक विद्यालय परिसर जलमग्न भएपछि विद्यार्थीहरुलाई समस्या भएको छ । खोलाको जलस्तर बढेपछि खोला आसपास घर बनाएर बस्दै आएका सुकुम्बासी परिवारमा त्रास उत्पन्न भएको छ । गएको बर्ष भिषण बाढीको पीडा खेपेका कयौं सुकुम्बासी परिवारले हालसम्म समेत सरकारी राहत रकम पाउन सकेका छैनन । मनसुन शुरु भएको पहिलो चरणमै नगरक्षेत्र जलाम्मे भएका कारण सर्वसाधारण थप चिन्तित भएका छन ।

कोशीको बहावमा उतारचढाव जारी
पूर्वि भेगमा २ दिनयताको वर्षासँगै सप्तकोशी नदीको वहावमा उतार चढाव हुने क्रम जारी छ । पछिल्लो मापन अनुसार सप्तकोशी नदीमा पानीको वहाव १ लाख ६ हजार ७ सय ९० क्युसेक प्रतिसेकेण्ड रहेको छ । ब्यारेजका १६ वटा ढोका खोलिएका छन् । सप्तकोशी नदीको जलस्तरमा उतार चढावको क्रम जारी रहेपनि हिजोको तुलनामा आज नदीको वहावमा कमी आएको छ ।

एक लाख ३१ हजार क्युसेक पुगेको नदीको बहाव क्रमश घट्दो क्रममा रहेको छ । पूर्वि पहाडी सहितका भेगमा अविरल वर्षा भएको खण्डमा कोशी नदीमा पानीको सतह बढ्ने गर्छ । मौसम विभागले जलस्तर बढ्न सक्ने भन्दै नदी किनारमा रहेकाहरुलाई सर्तक रहन अपिल गरेको भएपनि सुनसरी प्रशासनले सप्तकोशी नदीमा हालसम्म कुनै खतरा भने नरहेको जनाएको छ ।

सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले कोशीका सबै तटबन्ध सुरक्षित रहेकाले आत्तिनु पर्ने अवस्था नरहेको बताए । सुनसरी प्रशासनले सप्तकोशी नदीको वहावको विषयमा हुने अफवाहको पछी नलाग्न सर्वसाधारणमा आग्रह समेत गरेको छ ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top