×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

अब कोरोनाको परीक्षण रिपोर्ट ४५ मिनेट मै

९ चैत्र २०७६

९ चैत्र, विराटनगर ।

विश्वभर यतिबेला कोरोना भाइरस अर्थात् कोभिड १९ का कारण आतंक मच्चिरहेको समयमा बैज्ञानिकहरु यसको रोकथामका उपाय खोज्न दिनरात सक्रिय छन् ।

चीनको हुवेई प्रान्तबाट सुरु भएको कोरोनाको प्रभाव विश्वमै भयावह बन्दै गएको छ । यस्तैमा अमेरिकी औषधि तथा खाद्य प्रशासन (एफडीए) ले ४५ मिनेटभित्रै कोभिड–१९ पहिचान हुने नयाँ विधिलाई स्वीकृतीदिएको छ ।

क्यालिफोर्नियास्थित सेफिड कम्पनीले कोभिड–१९ पत्ता लगाउने गरी नयाँ परीक्षण गरेको थियो । यस परीक्षणले शनिबारबाट मान्यता पाएको हो । एक साताअघि मात्रै स्विस बहुराष्ट्रिय कम्पनी रोचेद्वारा गरिएको कोरोना परीक्षणले स्वीकृत पाएको थियो ।

रोचेको परीक्षणअनुसार ३ घण्टाभित्र कोरोना पहिचान हुनसक्छ । कोराना परीक्षणमा भइरहेको ढिलाई, गलत परीक्षण र नयाँ परीक्षणका लागि आवश्यक केमिकलको अभाव भइरहेका बेला सेफिडको परीक्षणले ती समस्या चिर्ने अपेक्षा गरिएको छ ।

यसअघि अमेरिकाले अन्य देशको तुलनामा निकै ठूलो आफ्ना नागरिकको परीक्षण रिपोर्ट सार्वजनिक गरेको थियो । अमेरिकाका केही राज्यमा अहिले ‘ड्राइभ थ्रु टेस्ट’ पनि भइरहेको छन्, दक्षिण कोरियाका अधिकारीले पहिलोपटक यो परीक्षण सुरु गरेका थिए ।

यसअन्तर्गत ‘ड्राइभ थ्रु’ परीक्षण हबमा चालक तथा यात्रुका ‘स्वाब’ को नमूना लिइन्छ र छिट्टै परीक्षण रिर्पोट पनि सार्वजनिक गरिन्छ । सेफिडको टेस्ट आगामी साताबाट अस्पतालहरुमार्फत सुरु हुनेछ ।

तर एफडिएले आपत्कालिन स्विकृत दिनुको अर्थ सबै ठाउँमा यसको प्रयोग गर्न सकिनेछ ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top