×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

अयोध्यापुरीमा ‘रामचरित मानस’को पाठपारायण हुने

१२ कार्तिक २०७७

१२ कात्तिक, चितवन ।

भगवान् रामको जन्मभूमिबारे अनुसन्धान भइरहेको माडी नगरपालिकाको अयोध्यापुरीमा ‘रामचरित मानस’को सामूहिक पाठपारायण हुने भएको छ । नेपालीमा अनूदित सो पुस्तकको सुन्दर काण्डको पारायण यही कात्तिक १८ गते गर्न लागिएको हो ।

सोह्रौँ शताब्दीमा गोस्वामी तुल्सीदासद्वारा अवधी भाषामा लिखित सो पुस्तक तुल्सीराम शर्माले नेपालीमा अनुवाद गरेपछि नेपालसँगै विश्वका धेरै देशमा यसको पारायण थालिएको छ । शर्माका अनुसार अयोध्यापुरीमा श्रीअयोध्या अध्ययन अनुसन्धान तथा व्यवस्थापन समिति माडी र श्रीरामजानकी अनुसन्धान एवम् अध्ययनमण्डल अमेरिकाको संयुक्त आयोजनामा सामूहिक पारायण गर्न लागिएको हो ।

सो पुस्तकका सात काण्डमध्ये सुन्दर काण्ड चर्चित छ । पुस्तकमा रामको बाल्यकालदेखिका जीवनका सबै घटनाक्रम उल्लेख छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले माडीको अयोध्यापुरी क्षेत्रमा रामको जन्म भएको बताएपछि माडी नगरपालिकाले आवश्यक अध्ययनअनुसन्धान गरिरहेको छ । सो क्षेत्रमा एक सय बिघा जग्गा छुट्याएर मन्दिरलगायत धार्मिक संरचना निर्माणको प्रक्रिया पनि अघि बढाइएको छ ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top