×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

अर्थविद् भन्छन्  प्रदेश १ को बजेट कार्यान्वयनमा चुनौतीपूर्ण

२ असार २०७६

२ असार, विराटनगर
अर्थविद्हरुले प्रदेश १ सरकारले आइतबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७६÷७७ को बजेट कार्यान्वयनमा चुनौतीपूर्ण भन्दै तदर्थवाद र वितरणमुखी रुपमा आएको टिप्पणी गरेका छन्  ।

अर्थविदले बजेट वितरणमुखी रुपमा आएपनि कुनै खास योजना र परियोजनालाई केन्द्र भागमा राख्न नसकेको उनीहरुले औल्याएका छन्  । संसदीय पत्रकार मञ्चले सोमबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा सहभागी अर्थविद्ले बजेट वितरणमुखी रुपमा आएपनि कुनै खास योजना र परियोजनालाई केन्द्र भागमा राख्न नसकेको बताएका हुन् । आन्तरिक आयको स्रोत पहिचान नगरिएको र केन्द्रमै अधिक आश्रित रुपमा बजेट आएको भन्दै यसले केन्द्रमै असफल सावित भएका कतिपय कार्यक्रम भद्दा रुपमा प्रदेशमा पनि ल्याइएको बताए । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डाक्टर गोबिन्द पोखरेलले आवधिक योजनाको दस्तावेजलाई आधार मानिएको भनिए पनि यसले समाजवादको आम भावनालाई समेट्न नसकेको बताए ।

उनले संघीयतामा प्रदेशहरु समेत गम्भीर नदेखिएको भन्दै केन्द्रले अनुदान नदिए प्रदेश चल्न नसक्ने टिप्पणी गरे । यस्तै योजना आयोगका पूर्वउपाध्यक्ष डा. स्वर्णिम वाग्लेले संघीयताको औचित्य पुष्टि हुने बजेट हो कि होइन भन्ने प्रश्न उठेको टिप्पणी गरे । उनले प्रदेशले आफूलाई पुष्टि गर्ने अवसर गुमाएको बताउँदै पूँजीगत खर्च नै गर्न नसकेको अवस्थामा बजेट बढाइएको तर यो खर्च हुने भन्ने आधार नै स्पष्ट नभएको बताए । वडास्तरबाट हुनुपर्ने कतिपय कार्यक्रमलाई समेत प्रदेशले बजेटमा ल्याउनु निकै हाँस्यास्पद भएको टिप्पणी उनले गरे ।

अर्थविद राजु नेपालले प्रदेश १ सरकारले जम्मा ११ अर्ब रुपैयाँमात्र खर्च गर्न सकेको अवस्थामा बजेट आशामुखी हुन नसकेको भन्दै खर्च गर्ने आधाशीला र आफ्नो आय बढाउने कुनै योजना समेट्न नसकेको बताए ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top