×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

अव्यवस्थित सडकका कारण पानीका मूल सुक्दै

२३ फाल्गुन २०७७

२३ फागुन, काठमाडौँ । सुदूरपश्चिम पहाडका अधिकांश गाउँ बस्तीमा ग्रामीण सडकको पहुँच बढेसँगै जथाभावी रूपमा खनिएका सडकले पानीका मुहान सुक्दै गएका छन् ।

पानीका मूल सुक्दै गएपछि खाने पानी, सिँचाइ तथा पानीघट्ट पनि बन्द हुनका साथै स्थानीयले सास्ती भोगिरहेका छन् । डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ ले जथाभावी सडक खन्दा पानीका मुहान सुक्दै गएका स्थानीयले बताएका छन् ।

पानीको मूल रहेका क्षेत्रमा डोजर र एस्काभेटर चलाएपछि पानीका मूल सुक्दै गएको स्थानीयले बताएका छन् । पानीका मूल सुक्दै गएपछि खाने पानी, सिँचाइ र पानी घट्टसमेत बन्द भएको स्थानीय भानबहादुर साउदले बताए ।

नवदुर्गा गाउँपालिका–५ चौबान्नीमा पर्ने दाडीमस्लेक–सेरी सडक चार लाख रुपियाँको लगानीमा निर्माण गरिएको छ ।

सो सडकको वातावरणीय प्रभाव मूल्याङ्कन नगरी जथाभावी डोजर लगाउँदा पानीका मूल सुक्दै गएको स्थानीय गोपालबहादुर ऐरले बताए ।

२०६७ मा निर्माण भएको बान्नी सिँचाइ यो जनाबाट बढी भएको पानीले आधुनिक घट्टसमेत सञ्चालित थिए तर अहिले बिना प्राविधिक मूल्याङ्कनका सडकले पानी कम भएपछि घट्ट बन्द हुँदा गाउँमा कुटानी पिसानीका लागि समस्या भएको छ ।

आजको गोरखापत्र दैनिकमा समाचार छ ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top