×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

अस्ट्रेलिया पुगेको नेपाली जहाज रित्तै फर्कियो, चाहेर पनि नेपाली आउन सकेनन्

२५ बैशाख २०७७

२५ वैशाख, काठमाडौं ।
नेपालबाट अस्ट्रेलिया र न्युजिल्यान्डका नागरिकलाई लिएर गएको नेपाल वायुसेवा निगमको जहाज रित्तै फर्केको छ ।

सयौं नेपालीले अस्ट्रेलियाबाट उद्धार गरिदिन गरेको आग्रह अस्वीकार गर्दै बिहीबार सिड्नी गएको नेपाली ध्वजावाहक रित्तै फर्केको हो । काठमाडौंबाट बुधबार दिउँसो उडेको विमानमा १२७ अस्ट्रेलियाली नागरिक, १ सय ४९ स्थायी बासिन्दा र ५ न्युजिल्यान्डका नागरिक थिए ।

बिहान करिब ८ बजे अवतरण गरेको विमान सफाइ गरेपछि करिब ३ घण्टापछि फिर्ता आएको हो । अस्ट्रेलियाले नेपालमा रहेका आफ्ना नागरिकलाई दोस्रोपटक उद्धार गरेर आफ्नै देश फर्काउने क्रममा नेपाल एयरलाइन्सको विमान दोस्रोपटक अस्ट्रेलिया लगेको हो ।

कोरोना भाइरसका कारण समस्यामा परेका अस्ट्रेलियास्थित सयौं नेपालीले स्वदेश फर्कन औपचारिक आग्रह गरेका भए पनि उनीहरूको गुनासो बेवास्ता गरिएको छ । नेपाली विमानमा फर्कन पाऊँ भन्दै हाल अस्ट्रेलियामा रहेका २ सय ८० भन्दा बढी नेपालीले नेपाली दूतावासमा औपचारिक अनुरोध गरेका थिए ।

उनीहरूले आफू नेपाल फर्कंदा लाग्ने भाडा बेहोर्ने, नेपाल पुगेर नियमअनुसार क्‍वारेन्टाइनमा बस्ने तथा क्‍वारेन्टाइनका लागि लाग्ने शुल्कसमेत तिर्ने प्रतिबद्धता जनाउँदासमेत आफूहरूको मागको सुनुवाइ नभएको भन्दै गुनासो गरेका छन् ।

यसअघि ब्रिसबन उत्रेको नेपाली विमान फर्कंदासमेत त्यहाँका नेपालीले आफूहरूलाई उद्धार गरेर नेपाल फर्काउन आग्रह गरेका थिए । तर आवश्यक प्रक्रियाका लागि समय अभाव भएको भन्दै दूतावास पन्छिएको थियो । क्यानबेरास्थित दूतावासले बिहीबार फर्कने विमानमा नेपाल जाने भन्दै करिब ३ सय नेपालीले निवेदन दिएको जनाएको छ ।

तर नेपाल सरकारले अनुमति नदिएका कारण आफूहरूले चाहेर पनि सहयोग गर्न नसकेको दूतावासको भनाइ छ । यद्यपि, दूतावासले आवश्यक पहल नगरेको पीडितहरूको गुनासो छ ।

अस्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहालले आफूहरूले सक्दो प्रयास गरेको भए पनि अहिले नेपालको नीति नै विदेशका नागरिकलाई फिर्ता नल्याउने रहेकाले उनीहरूलाई फिर्ता पठाउन नसकिएको बताए ।

‘हामीले धेरै नेपालीको अनुरोध आएका कारण औपचारिक रूपमा र मौखिक रूपमा समेत यहाँको वस्तुस्थितिबारे जानकारी गराएका थियौं तर सरकारबाट अनुमति नआएका कारण फिर्ता पठाउन नसकिएको हो,’ राजदूत दाहालले भने ।

दाहालले नेपालीलाई स्वदेश फर्काउन आवश्यक सहयोग उपलब्ध गराइदिन अस्ट्रेलिया सरकारलाई पत्राचारसमेत गरेको दाबी गरे ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top