×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

आईपीएल : चेन्नईलाई हराउँदै मुम्बई फाइनलमा

२५ बैशाख २०७६

एजेन्सी, बैशाख २५
मुम्बई इन्डियन्स जारी इन्डियन प्रिमियर लिग (आईपीएल) को फाईनलमा प्रवेश गरेको छ । मंगलार राती सम्पन्न पहिलो क्वालिफायर खेलमा चेन्नई सुपर किंग्सलाई ६ विकेटले पराजित गर्दै मुम्बई पाँचौ पटक आईपीएलको फाईनलमा प्रवेश गरेको हो ।

चेन्नईको घरेलु मैदानमा १ सय ३२ रनको सामान्य विजयी लक्ष्य पछ्याएका मुम्बईले १८.३ ओभरमा ४ विकेटको क्षतिमा पुरा गर्यो । मुम्बईको सहज जितमा सुर्य कुमार यादवले ५४ बलमा १० चौका सहित ७१ रनमा अविजित रहे । पाँचौ ओभरको तेस्रो बलमा मुरली विजयले यादवको क्याच छाड्दै जीवन दान दिएका थिए । जीवनदान पाएका यादव चेन्नईका लागि घातक सावित बन्न पुगे ।

मुम्बईले पहिलो ओभरको दोस्रो बलमै कप्तान रोहित शर्मालाई ४ रनमा गुमाएको थियो । रोहितलाई दिपक चाहरले एलवी डब्लू आउट गरे । चौथो ओभरको दोस्रो बलमा क्विन्टन डी ककलाई ८ रनमा क्याच गराउँदै दवावमा राख्न खोजेका थिए । तर तेस्रो विकेटका लागि सुर्य कुमार यादव र इशान किशनले ८० रनको उत्कृष्ट साझेदारी गरेपछि मुम्बईको जित पक्का बनेको थियो ।

इमरान ताहिरले १४ औं ओभरको पाँचौ बलमा बोल्ड आउट गर्नु किशनले ३१ बलमा समान १ चौका र छक्का सहित २८ रनमा आउट भए । हार्दिक पान्ड्या १३ रनमा अविजित रहँदा कुनाल पान्ड्या डक आउट भए । चेन्नईका लागि इमरान ताहिरले २,दिपक चाहर र हरभजन सिंहले समान १ विकेट लिए ।

त्यस टस जितेर पहिला ब्याटिङ थालेको चेन्नईले निर्धारित २० ओभरमा ४ गुमाउँदै १ सय ३१ रन बनाएको थियो । चेन्नईका आम्बाती रायडुले सर्वाधिक ४२ रन बनाए । उनले ३७ बलमा ३ चौका र १ छक्का प्रहार गरे । चेन्नईलाई मध्यम योगफल सम्म पुर्याउन कप्तान महेन्द्र सिंह धोनी तल्लो क्रममा ३७ रनमा अविजित रहे । धोनीले २९ बलमा ३ छक्का प्रहार गरे । अन्तिम ओभरको पहिलो बलमा जसप्रित बुमराहले महेन्द्र सिंह धोनीलाई क्याच आउट गराएपनि नो बल भएपछि जीवन दान पाएका थिए ।

चेन्नईको सुरुवात खराव रह्यो । तेस्रो ओभरको पहिलो बलमा राहुल चाहरले अनोमल प्रितीसिंहबाट फाफ डु प्लेसिसलाइ ६ रनमा क्याच आउट गराए । चौथो ओभरको तेस्रो बलमा जयन्त यादवले आफैं क्याच लिदैं सुरेश रैनालाई ५ रनमा आउट गरे । छैटौं ओभरको अन्तिम बलमा कुनाल पान्ड्याले जयन्त यादवबाट शेन वाटशनलाई १० रनमा क्याच गराएपछि सुरुवाती समय चेन्नई दवावमा परेको थियो । १३ ओभरको पहिलो बलमा राहुल चाहारलेनै विकेटकीपर क्विन्टन डी ककबाट मुरली विजयलाई २६ रनमा स्टम्पिङ आउट गरे । विजयले २६ बलमा ३ चौका प्रहार गरे ।

पाँचौ विकेटका लागि कप्तान महेन्द्र सिंह धोनी र आम्बाती रायडुले ६६ रनको अविजित साझेदारी गरेपछि चेन्नईले प्रतिस्पर्धात्मक योगफल बनाउन सकेको हो । मुम्बईका राहुल चाहारले २,जयन्त यादव र कुनाल पान्ड्याले समान १ विकेट लिए ।

अव बुधबार दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादबीच एलिमिनेटर खेल हुने छ । जसको विजेता चेन्नईसँग दोस्रो क्वालिफायर खेल्ने छ भने विजेता टोलीले उपाधिको लागि मुम्बई इन्डीयन्ससँग आइतबार भिड्ने छ ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top