×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

आजदेखि बडादशैं सुरु, घरघरमा जमरा राखियो

१२ आश्विन २०७६

१२ असोज, काठमाडौँ ।
नेपालीहरुको महान चाड बडादशैं सुरु भएको छ । बडादशैको पहिलो दिन घटस्थापनाको अवसर पारेर आइतबार घरघरमा जमरा राखिएको छ । काठमाडौंको हनुमानढोकास्थित दशैं घरमा पनि घटस्थापना गरिएको छ । आइतबार बिहान दशैं घरका गुरु ईश्वरप्रसाद अधिकारीले श्री महकाली, श्री महालक्ष्मी र महाशक्ति स्वरुपा दूर्गा भवगतीको आराधनासहित जमरा रोपण गरी दशैं घरमा घटस्थापना गरिएको हो ।

घटस्थापनालाई दशैंको पहिलो दिनको रुपमा लिईन्छ । दशैं घरमा सबैको दिर्घायू, आरोग्य, सदगुण, सत्शिक्षाको कामना गर्दै द्धीप, गणेश र कलशको पूजा गरी घटस्थापना गरी जमरा राखिएको गुरु अधिकारीले जानकारी दिए । बिहान १० बजेर ३५ मिनेटको शुभसाईतमा दशैं घरमा घटस्थापना गरिएको हो । त्यस अवसरमा नेपाली सेनाको एक टुकडीले तोप पड्काएर हर्ष बढाई गरेको थियो भने दशैं घरमा शंख, घण्टा र डमरु बजाएर दूर्गा भगवतीको पूजा, आराधना गरिएको थियो । दशैंको पहिलो दिन वैदिक विधिपूर्वक द्धीप, गणेश र कलशको पूजा गरी जौंको जमरा राख्ने गरिन्छ । यसरी विधिपूर्वक स्थापना गरिएको घडामाथि शक्ति स्वरुपा दूर्गा भगवतीको पूजाआराधना गरिने भएकाले त्यस दिनलाई घटस्थापना पनि भन्ने गरिएको हो ।

घटस्थापनाको दिन रोपिएको जमरालाई विजया दशमीको दिन शक्तिकी देवी दूर्गा भगवतीको प्रसादको रुपमा ग्रहण गर्ने गरिन्छ । जौंलाई औषधीय गुणले युक्त मानिन्छ । यसलाई उमारेर बनाइएको जमराले पनि मानवलाई निरोधी रहन सघाउ पु¥याउने विश्वास रही आएको छ । दशैंमा शक्तिकी देवी दुर्गाको नौं स्वरुपको पूजा गरिन्छ । नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैठौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धीदात्रीको पूजा गरिन्छ । बडा दशैंको मुख्य दिनको रुपमा सातौं दिन फूलपाती, आठौं दिन महाअष्टमी, नवौ दिन महानवमी र दशांै दिन विजया दशमी हो ।

फूलपातीमा फूलपाती भित्र्याईन्छ भने महाअष्टमी र महानवमीका दिन बली पूजा गर्नेहरुले दशैं घर, कोत र शक्तिपीठहरुमा बलिसहित विशेष पूजा पनि गर्दछन् । नवरात्रभर शक्तिपीठहरुमा दर्शन गर्नेहरुको भीड लाग्ने गर्दछ ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top