×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

आजदेखि शैक्षिक संस्था पूर्ववत् रूपमा सञ्चालन हुने

२२ चैत्र २०७७

२२ चैत, काठमाडौँ । देशभरका शैक्षिक संस्था आइतबारदेखि पूर्ववत् रूपमा सञ्चालन हुने भएका छन् । वातावरणमा सुधार आएको भन्दै सरकारले आइतबारदेखि पुरानै अवस्थामा शैक्षिक संस्था सञ्चालन हुने जनाएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता एवं सहसचिव दीपक शर्माले प्रदूषण घटेर वातावरणमा सुधार आएपछि सबै शैक्षिक संस्थाका कक्षा पुरानै अवस्थामा सञ्चालन हुने बताए । उनले बिहीबारदेखि शनिबारसम्म प्रदूषण घट्दो क्रममा रहेकाले अब सबै शैक्षिक संस्था निर्वाध रूपमा सञ्चालन हुने जानकारी दिए ।

यसअघि सरकारले वायु प्रदूषण बढेको र यसको सबैभन्दा धेरै असर विद्यार्थीमा पर्ने भन्दै चैत १७ देखि २० गतेसम्म चार दिन सबै शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको थियो । यसबाट विद्यालय तहदेखि विश्वविद्यालय तहसम्म अध्ययन गर्ने विद्यार्थीका नियमित कक्षा रोकिएका थिए ।

सरकारको निर्णयपछि विश्वविद्यालयहरूले पनि आफ्नो परीक्षाबाहेकका नियमित कक्षा रोक्ने निर्णय गरेका थिए । चार दिन पठनपाठन बन्द भए पनि पूर्वनिर्धारित परीक्षा नियमित रूपमा सञ्चालन गरिएको थियो ।

मङ्गलबारदेखि प्रदूषण विस्तारै कम हुनुका साथै बुधबार देशभर हल्का पानीसमेत परेको थियो । त्यसपछि मौसममा सुधार आएको जनाइएको छ । यसका साथै डढेलो पनि कम हुँदै आएको जनाइएको छ ।

आजको गोरखापत्र दैनिकमा समाचार छ ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top