×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

आज राष्ट्रिय कफी दिवस

१ मंसिर २०७७

१ मंसिर, काठमाण्डौ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले निर्धारण गरेको कफीको मूल्य सोमबारदेखि लागू भएको छ । बोर्डले मङ्सिर १ गते अर्थात सोमबारदेखि लागू हुने गरी कफीको न्यूनतम मूल्य कायम गरेको हो ।

उत्पादन लागतमा २२ प्रतिशत मुनाफा राखेर यस वर्षको मूल्य समायोजन गरिएको छ । बोर्डले आर्थिक वर्ष ०७६/७७ मा फ्रेस चेरी ग्रेड  को मूल्य प्रतिकेजी ८५ रुपैयाँ तोकेको थियो । त्यस्तै, फ्रेस चेरी ग्रेड बी को मूल्य प्रतिकेजी ७५ रुपैयाँ कायम गरिएको थियो । पार्चमेन्ट कफी ग्रेड ए को प्रतिकेजी ४ सय २५ र ग्रेड बी को मूल्य प्रतिकेजी ३ सय ७५ तोकिएको थियो । मध्यपहाडी क्षेत्रका गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा, कास्की, तनहुँ, काभ्रे, ललितपुरलगायतका जिल्लामा कफी उत्पादन क्षेत्र विस्तार हुँदै आएको छ । स्वदेशी तथा विदेशी बजारमा नेपाली कफीको माग बढ्दो छ । आर्थिक वर्ष २०७६/७७ को तथ्याङ्कअनुसार झण्डै ४७ मेट्रिक टन नेपाली कफी निर्यात हुँदा २६६ मेट्रिक टन विदेशी कफी आयात भएको छ । हरेक वर्ष मङ्सिर १ गते राष्ट्रिय चिया तथा कफी विकास बोर्डले राष्ट्रिय कफी दिवसका दिन मूल्य सार्वजनिक गर्दै आएको छ । बोर्डका अनुसार यस वर्षको राष्ट्रिय कफी दिवसको नारा ‘कफी विस्तारमा उन्नति, आर्थिक प्रगति’ तय गरिएको छ ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top