×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

आफूलाई वनका कर्मचारी तथा पत्रकार भन्दै ठगी गर्ने २ जना पक्राउ

६ असार २०७८

६ असार, मोरङ ।

वनका कर्मचारी तथा पत्रकार भन्दै ठगी गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आफूलाई वनका कर्मचारी तथा पत्रकार भन्दै ठगी गरेको अभियोगमा सुन्दरहरैँचा नगरपालिका–७ बस्ने ५६ वर्षीय पुष्प प्रसाद सिग्देल र सुनसरी इटहरी उपमहानगरपालिका–६ जुटबिकास बस्ने ५० वर्षीय दधिराम चौहानलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूले हामी बनको कर्मचारी र पत्रकार हौं कार्यालयमा तेलको आवश्यक छ सहयोग गर्नु अन्यथा तपाईहरूलाई काम गर्न अप्ठेरो हुनेछ भनी डर त्रास देखाई विभिन्न काठ मिलहरूमा रकम उठाइ ठगी गरेको पाइएपछि ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी उनीहरूलाई रतुवामाई नगरपालिका–१० स्थित माईवेनी मिलबाट पक्राउ गरेको हो ।

उनीहरूमध्ये दधिरामको साथबाट नगद २५ हजार ९ सय ९५ रूपैयाँ र पुष्प प्रसादको साथबाट नगद ७ हजार रूपैयाँ गरी जम्मा ३२ हजार ९ सय ९५ रूपैयाँ प्रहरीले बरामद गरेको छ ।

साथै उनीहरूको साथबाट सृष्टि साप्ताहिक तथा सन्देश दैनिक समाचारपत्र लेखिएको १ थान रसिद प्याड, उठाएको रकम अभिलेख भएको १ थान डायरी, १ थान कान्तिपुर पोष्टको बजार ब्यवस्थापक परिचयपत्र, १ थान जनमत साप्ताहिकको सम्वाददाता परिचयपत्र, १ थान बराह साप्ताहिकको सम्वाददाता परिचयपत्र समेत प्रहरीले बरामद गरेको छ ।

उनीहरू उपर ठगी कसूरमा थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top