×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

आयरल्याण्डसँग नेपाल १३ रनले पराजित

२२ आश्विन २०७६

२२ असोज, विराटनगर ।
ओमानमा जारी पाँच देश सम्मिलित टी–ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट शृंखला अन्तर्गत बुधबार भएको आफ्नो तस्रो खेलमा नेपाल आयरल्याण्डसँग पराजित भएको छ।

आयरल्याण्डले दिएको १ सय ४६ रनको लक्ष्य पछ्याएको नेपाल आयरल्याण्डसँग १३ रनले पराजित भएको हो।

नेपालका लागि आरिफ शेखले २६, पारस खड्काले २५, इशान पाण्डेले २२, दिपेन्द्रसिंह ऐरीले १९ र करण केसीले १६ रन जोडे पनि जितका लागि पर्याप्त हुन सकेन।

आयरल्याण्डलाई जिताउन बलिङतर्फ आयरल्याण्डका जर्ज डोकरे र मार्क एडैरले तीन–तीन तथा ग्यारेथ डिलनी दुई विकेट लिए। यसअघि टस जितेर पहिला ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४५ रन जोडेको थियो।

आयरल्यान्डका ओपनर पल स्टर्लिङले ५९ र एन्डी बालबिर्नेले ३८ रन बनाए। तल्लो क्रमका स्टुवार्ट थम्पसनले २१ रन जोडे। बलिङतर्फ नेपालका सन्दीप लामिछाने र अविनाश बोहोराले दुई–दुई विकेट लिएका थिए। करण केसी र ललित राजवंशीले समान एक विकेट लिएका थिए।

नेपालले पहिलो खेलमा हङकङ र दोस्रो खेलमा नेदरल्यान्ड्सलाई हराएको थियो। पहिलो खेलमा हङकङलाई हराएको आयरल्यान्ड दोस्रो खेलमा घरेलु टोली ओमानसँग स्तब्ध भएको थियो। तेस्रो खेलमा भने नेदरल्यान्ड्सलाई हराएको थियो।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top