×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

आर्यनको ६ विकेट,नामिबिया स्तब्ध, नेपाली शीर्षस्थानमा

७ फाल्गुन २०८०

७ फागुन , एजेन्सी ।

आईसीसी विश्वकप लिग–२ क्रिकेट अन्तरगत तेस्रो खेलमा नेदरल्यान्ड्सले नामिबियालाई ७ विकेटले पराजित गरेको छ । नामिबियाले प्रस्तुत गरेको १ सय २४ रनको लक्ष्य नेदरल्यान्ड्सले २७.२ ओभरमा ३ विकेटको क्षतिमा पछ्यायो । यसअघिको खेलमा नेदरल्यान्ड्सलाई नेपालले पराजित गरेको थियो भने नामिबियासँग नेपालले हार व्यहोरेको थियो ।

नेपालले नामिबियासँग ४ विकेटको हार व्यहोरेको थियो भने नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको थियो । आज नामिबियाविरुद्ध नेदरल्यान्ड्सका लागि ओपनर माइकल लेभिटले सर्वाधिक ५७ रनको योगदान दिए । उनले ८१ बलमा ८ चौका र २ छक्का प्रहार गरे । त्यस्तै, म्याक्स ओ डाओडले २८ रनको योगदान दिए ।

उनले २ चौका र २ छक्का हिर्काए । बास डी लिडेले २१ रन बनाए । यसअघि आर्यन दत्तले घातक बलिङ गर्दै ६ विकेट लिएपछि नामिबिया ३५.१ ओभरमा १ सय २३ रन बनाउँदै अलआउट हुन पुगेको थियो । दत्तले ९ ओभर बलिङ गर्दै ३४ रन खर्चेर ६ विकेट लिए । नामिबियाका लागि जोनाथन स्मिथले सर्वाधिक २६ रनको योगदान दिए ।

उनले एक चौका र २ छक्का हिर्काए । त्यस्तै, रुबेन ट्रम्पलम्यानले ३९ बलमा २० रन बनाए । उनले एक छक्का प्रहार गरे । विकेटकिपर जेन ग्रिनले १९ रन बनाउँदा निकोलास डेभिन र कप्तान जेरहार्ड इरास्मसले १३–१३ रनको योगदान दिए । नेदरल्यान्ड्सका लागि कायल क्लेइनले २ तथा म्याक्स ओ डाओड र रोलोफ भान डर भर्वेले १–१ विकेट लिए ।

त्रिकोणात्मक शृङ्खलाको पहिलो खेलमा नेपाल नामिबियासँग ४ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले हराएको थियो । आजको खेलपछि तीनै टोलीले २–२ अंक बटुलेको छ । नेट रनरेटको आधारमा नेपाल पहिलो, नामिबिया दोस्रो र नेदरल्यान्ड्स तेस्रो स्थानमा छ ।

लिग–२ मा ८ देश रहेका छन्। जसमा नेपालसहित नेदरल्यान्ड्स, नामिबिया, क्यानडा, ओमान, स्कटल्याण्ड, यूएई र अमेरिका रहेका छन्। लिग–२ मा शिर्ष ४ स्थानमा रहने टिम विश्वकप क्वालिफायरमा छनोट हुने छन्। अब फागुन ९ गते फेरि नेपाल भर्सेस नामिबिया, ११ गते नामिबिया भर्सेस नेदरल्याण्डस्, १३ गते नेपाल भर्सेेस नेदरल्याण्ड्स बीचको खेल हुनेछ ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top