×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

इंग्लिस प्रिमियरमा चेल्सीको पूनरागमन जित

१६ आश्विन २०७९

१५ असार, एजेन्सी ।
इंग्लिस प्रिमियर लिगमा लन्डन क्लब चेल्सीले पुनरागमन जित निकालेको छ । गएराति भएको खेलमा चेल्सीले क्रिस्टल प्यालेसलाई २–१ गोलले हरायो । खेलको सातौं मिनेटमा ओडसोनी इडुआर्डले गोल गर्दै क्रिस्टललाई सुरुआती अग्रता दिलाएका थिए ।

तर खेलको ३८ औं मिनेटमा पिएरे इमिरिक औवामियाङले गोल गर्दै चेल्सीलाई १–१ को बराबरीमा ल्याए । त्यसपछि खेलको ९० औं मिनेटमा कोनोर गल्लाघेरले गोल गर्दै चेल्सीलाई २–१ को जित दिलाए । जितसँगै चेल्सीले ७ खेलमा १३ अंक जोडेको छ । चेल्सी पाँचौं स्थानमा उक्लिएको छ ।

क्रिस्टल ६ अंकका साथ १७ औं स्थानमा छ । त्यस्तै अर्को खेलमा लिभरपुल र ब्राइटनले ३–३ गोलको बराबरी खेलेका छन् । लिभरपुलका लागि रोबर्टाे फिर्मिनोले दुई गोल गरे । लिभरपुलले एक गोल आत्मघाती उपहार पाएको थियो । ब्राइटनका लिन्ड्रो ट्रोसार्डले ह्याट्रिक गरे ।

यस बराबरीसँगै ब्राइटनले ७ खेलमा १४ अंक जोडेको छ । ब्राइटन चौंथो स्थानमा रहेको छ । लिभरपुल १० अंक जोडेर नवौं स्थानमा रहेको छ । हिजो भएको पहिलो खेलमा आर्सनलले टोटनहमलाई ३–१ गोलले हरायो ।

आर्सनल ८ खेलमा २१ अंकसहित शीर्षस्थानमा कायमै छ । अरु खेलमा न्यूक्यासलले फुलहमलाई ४–१ गोलले, एभर्टनले साउथह्याम्पटनलाई २–१ गोलले र वेस्टह्यामले उल्भ्सलाई २–० गोलले हराएको छ । बर्नमाउथ र ब्रेन्टफोर्डले गोलरहित बराबरी खेलेका छन् ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top