×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

इलाममा पनि प्याराग्लाइडिङ परीक्षण उडान

११ जेष्ठ २०७५

मंगलबारे, इलाम, ११ जेठ ः पर्यटकीय क्षेत्रमा प्रचुर सम्भावना बोकेको इलाममा प्याराग्लाइडिङको पनि सफल परीक्षण उडान गरिएको छ । 

सूर्योदय नगरपालिकाको पर्यटकीयस्थल श्रीअन्तुबाट गोदक महेन्द्रबेँसी सिद्धिखोलासम्म बुधबार सफल परीक्षण उडान गरिएको हो । इलाम सोसाइटी युकेकी संस्थापक अध्यक्ष सुमित्रा राईको पहलमा उडानको केही दिनदेखि प्रयास भइरहेको थियो ।

पाइलट विवेक शम्शेर राणाले प्याराग्लाइडिङ उडाउनु भएको थियो । प्रशस्तै पर्यटकीय क्षेत्र भएको इलाममा प्याराग्लाइडिङले थप पर्यटक भित्र्याउने यहाँका पर्यटन व्यवसायीले आशा लिएका छन् । यहाँ रहेका पर्यटकीय क्षेत्रलाई प्याराग्लाइडिङका माध्यमबाट नियाल्न सहज हुने बताइएको छ ।

इलाममा अब यसैसम्बन्धी कम्पनी खोलेर काम अघि बढाइने वताइएको छ । यहाँ प्याराग्लाइडिङ उडेपछि पर्यटकीय नगर पोखरा र इलामबीचको सम्बन्ध अझ नजिक हुने अध्यक्ष राईको विश्वास छ ।
रासस

 

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top