×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

उपराष्ट्रपति नन्दबहादुर पुन अष्ट्रियाको भियना प्रस्थान

१२ जेष्ठ २०७६

उपराष्ट्रपति नन्दबहादुर पुन अष्ट्रियाको राजधानी भियना प्रस्थान गरेका छन् । उपराष्ट्रपति नन्दबहादुर पुन आगामी जेष्ठ १४ गते भियनामा सुरु हुने ‘अष्ट्रियन विश्व शिखर सम्मेलन’मा भाग लिन आइतबार बिहान त्यसतर्फ प्रस्थान गरेका छन् ।

उनलाई विदाई गर्न प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, पूर्व सभामुख सुवास नेम्वाङ, मन्त्रीहरुलगायत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

यसै अवसरमा उपराष्ट्रपति पुनको सम्मानमा नेपाली सेनाले सलामी अर्पण गरेको थियो ।

उपराष्ट्रपति पुनले भियनामा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी ुअष्ट्रियन विश्व शिखर सम्मेलनुलाई सम्बोधन गर्नेछन् भने पुन ले अष्ट्रिया भ्रमणको क्रममा जेष्ठ १५ गते अष्ट्रियाको इन्सबु्रकमा आयोजना हुने अन्तराष्ट्रिय सगरमाथा दिवस कार्यक्रममा पनि सहभागिता जनाउने कार्यक्रम रहेको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ ।

उपराष्ट्रपति पुन आगामी जेष्ठ १८ गते शनिबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top