×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

उपियाँ उडुसरहित बन्याे झुम्का कारागार

१३ जेष्ठ २०७५

इटहरी, १३ जेठ

सुनसरी जिल्लाको रामधुनी नगरपालिकास्थित झुम्का कारागार सुधारको हिसाबले उच्चतम नमूना कारागार बन्न सफल भएको छ ।

विसं २०६६ मा स्थापित हाल प्रदेश १ कै सबैभन्दा ठूलो कारागारका झुम्का कारागार पहिलो पटक कैदीलाई कुटेरै मारेको घटनादेखि १२ कैदीले सुरुङ खनेर भागेको घटनाले निर्कै चर्चित बन्न पुगेको थियो । कारागार अहिले उपियाँ, उडुस र लामखुट्टेरहित कारागारको उपमाको परिचय बनाउन सफल भएको छ ।

भरखरै कारागारमा आएका एक बन्दीले भने, “होइन कारागार यस्तो पनि हुन्छ ?” झण्डै एक हजार ६०० कैदीबन्दी अटाउने कारागारभित्र पसेर अवलोकन गर्दा जो कोहीले पनि यो विश्वविद्यालय हो कि भन्ठान्छ । यहाँ हाल एक हजार ४७८ कैदीबन्दी छन् । यहाँ लामो समयदेखि बस्दै आएका कैदीबन्दीमध्ये करीब ६०० मुडा बुनाइको उद्योगमा सक्रिय रहेको कारागार प्रमुख गणेश अधिकारी बताए ।

कारागार जीवन व्यतीत गरिरहेकामध्ये कोही नृत्यकलामा व्यस्त छन् । तत्कालीन कारागारका चौकीदार तारा नेपालले स्थापना गरेको कर्मवाद ब्याण्डले वाद्यवादन सिकाइरहेको छ । देशभरका चर्चि गायक र नर्तकले समेत यहाँ आएर बेला बेलामा सङ्गीत प्रस्तुत गरेका छन् । कारागार प्रमुख अधिकारीले कारागारलाई सुधारगृहमा रुपान्तरण गर्न धेरै सकारात्मक सुधारका काम गर्दै आएका छन्।

कैदीबन्दीमध्ये ५३ कैदी र २८ बन्दी विदेशी रहेको बताइएको छ कैदीबन्दीमध्ये हाल झुम्का कारागारमा सबैभन्दा बढी कर्तव्य ज्यानसम्बन्धी मुद्दाका २६१ कैदी र ९२ बन्दी छन् भने २८० जना जबरर्जस्ती करणीका कैदी र ४४ जना बन्दी तथा लागुऔषध कारोवार एवं ओसारपसारका १५२ कैदी र १३० बन्दी छन् ।
रासस

 

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top