×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

एक वर्षमा सबै कामदारलाई सामाजिक सुरक्षाको दायरामा ल्याइने

११ जेष्ठ २०७५

काठमाडौँ, ११ जेठ ः श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले पाँच वर्षपछि बाध्यताले रोजगारीमा नेपाली विदेश जान नपर्ने तरीकाले काम भइरहेको बताएका छन् ।

प्रेस चौतारी र प्रेस सेण्टर नेपाल रासस शाखाद्वारा संयुक्त रुपमा आयोजित प्रेस चौतारी नेपाल, रासस शाखाको पुरस्कार वितरण र सम्मान गर्दै तथा श्याम रिमालको कम्पकाव्य ‘बारपाक’ सार्वजनिक गर्दै मन्त्री विष्टले एक वर्षभित्र नै औपचारिक र अनौपचारिक क्षेत्रमा काम गर्ने कामदारलाई सामाजिक सुरक्षाको दायरामा ल्याइने जानकारी दिए ।

उनले भने, “सय दिनमा सरकारले जनताले अनुभूति गर्ने तरीकाले काम गरेको छ, सरकारले अहिले १०० मिटरको दौडको हिसाबले काम गरेको छ, यही तरीकाले सरकारले म्याराथुन दौडसम्म दौडेर काम गर्न चाहेको छ ।”

उनले सरकारको नीति कार्यक्रम परम्परागत रुपमा नभई देश र जनताको समृद्धिका लागि आएको स्पष्ट गर्दै सरकारले दिएका सेवाको परिणाम आएपछि देशले आर्थिक उचाइ लिई विकास र रोजगारीमा वृद्धि हुने र नेपाली नागरिकले गौरव गर्ने दिन आउने बताए । मन्त्री विष्टले थपे, “खान, लाउन नपाउने गरीब नेपाली होइन, समृद्ध देशका जनताका रुपमा गौरव गर्ने देश बनाउँछौँ ।
मन्त्री विष्टले श्रमजीवी पत्रकारको सामाजिक सुरक्षा र उचित पारिश्रमिकको व्यवस्थाका लागि मन्त्रालयले उचित भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे ।

रासस

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top