×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

एनआरएनएका नवौं विश्व सम्मेलनका प्रतिनिधिहरु काठमाडौं आउने क्रम सुरु

२२ आश्विन २०७६

२२ असोज, काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए)को नवौं विश्व सम्मेलनका प्रतिनिधिहरु काठमाडौं आउने क्रम सुरु भएको छ ।

एनआरएनएका सचिव जानकी गुरुङले ५० भन्दा बढि देशका प्रतिनिधिहरु नवौं विश्व सम्मेलनमा भाग लिन काठमाडौं आईसकेको जानकारी दिएका हुन् । एनआरएनएको सो सम्मेलन यही असोज २८, २९ र ३० गते काठमाडौंमा हुँदैछ ।

५५ देशका करिव २२ सय प्रतिनिधिहरु सम्मेलनमा सहभागी हुने पनि एनआरएनएको अनुमान छ । भोली (बिहीबार)बाट सो सम्मेलनमा सहभागी हुनेहरुको नाम दर्ता गर्ने क्रम सुरु हुने पनि सचिव गुरुङले बताए ।

न्यूज एजेन्सी नेपालसँगको कुराकानीले उनले २७ गतेसम्म सो सम्मेलनमा सहभागी हुनेहरुको नाम दर्ताको काम सकिने पनि बताए । असोज २८ गते मंगलबार राजधानीको पाँच तारे होटल हायात रिजेन्सीमा प्रधानमन्त्री ओलीले सो सम्मेलनको उद्घाटन गर्नेछन् ।

त्यसपछि दोस्रो दिन २९ गते एनआरएनएको नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुनेछ । ३० गते सो सम्मेलन समापन गर्ने कार्यक्रम तय गरिएको पनि एनआरएनले जनाएको छ । एनआरएनएले सो सम्मेलनमा सहभागी हुन पनि सबैलाई आह्वान गरेको छ ।

सचिव गुरुङले सम्मेलन व्यवस्थित ढंगले आयोजना गर्न लागिएको उल्लेख गर्दै सबैलाई सहभागी हुन आह्वान गरेका हुन् । हरेक वर्ष असोज २४ गतेलाई एनआरएनएले आफ्नो स्थापना दिवसको रुपमा मनाउँदै आएको छ ।

यसै अवसर पारेर सो सम्मेलन आयोजना गरिएको हो । सम्मेलनमा नयाँ नेतृत्वका लागि कुमार पन्त र कूल आचार्यले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरिसकेका छन् ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top