×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

एसईईदिँदै गरेकी छात्राको चिट भनेर शिक्षकले प्याड खोसेपछि…

१३ चैत्र २०७५

अछाम : पञ्चदेव विनायक नगरपालिका १ कुइकाकी कल्पना रिमाल चैत १० बाट सुरु एसईई परीक्षा दिन ८ गते नै घरबाट निस्किइन् । सदरमुकामस्थित विद्या मन्दिर मावि विनायकको परीक्षा केन्द्र परेको छ ।

बिरानो ठाउँ गएर परीक्षा दिँदा कुनै अप्ठ्यारी पर्ने हो कि भन्ने डरले उनलाई सताएको थियो । अर्कोतिर बाहिर डेरा गरेर बस्नुपर्ने भएकाले खर्चको समस्या उस्तै थियो ।

कुइकाकै देवसरा अधिकारीलाई बिरानो ठाउँमा अर्काको घरमा बस्नुपर्दा महिनावारी भए कसरी व्यवस्थापन गर्ने भन्ने समस्याले सुरुदेखि नै सताएको थियो । आखिर जे डर थियो त्यही भयो । ‘परीक्षा सुरु भएको १५ मिनेटमै म महिनावारी भएँ ।

प्याड खल्तीमा बोकेरै लगेकी थिएँ । तर चिट लुकाउन होला भन्ने आशंका गर्दै शिक्षकले सुरुमै प्याड थुतेर लिए ।’ आफूले त्यो दिन लेख्नै नसकेको देवसराले बताइन् । घर छाेडेर परिक्षा दिन बाहिर जाँदा सबै भन्दा ठुलो समस्या छात्राहरुलाई महिनावारी हुँदा के गर्ने भन्ने चिन्ताले सताउन थालेको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top