×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

एसिड आक्रमणमा परेकी मुस्कानलाई वरुण धवनले पठाए भिडियो मेसेज

९ आश्विन २०७६

९ असोज, काठमाडौँ ।
प्रेम प्रस्ताव अस्विकार गरेको भन्दै एसिड छ्यापिएकी वीरगञ्जकी १५ वर्षीया मुस्कान खातुनलाई बलिउड नायक वरुण धवनले भिडियो मेसेज पठाएका छन् । उनले भिडियो मेसेजमा आफूलाई बलिउड नायिका कृति सेनन मार्फत् मुस्कानबारे थाहा भएको बताएका छन् । यसअघि मुस्कानलाई नायिका कृति सेननले मुस्कानसँग भिडियोमार्फत् कुराकानी गरेकी थिइन् ।

वरुणले मुस्कानका लागि बनाएको ४५ सेकेन्डको भिडियोमा शीघ्र स्वास्थ्यलाभको कामना गर्दै मेहनेत गरेर अभिभावकलाई गौरवान्वित बनाउन भनेका छन् । उनले मुस्कानलाई आफुलाई भेट्ने कोसिस गर्न पनि भनेका छन् । उनले भनेका छन् , ‘हे, मुस्कान तपाईंलाई कस्तो छ ? यो भिडियोमार्फत्, म तपाईंलाई यो भन्न चाहन्छु भने तपाईंले निकै राम्रो काम गरिरहनुभएको छ । बस्, आराम गरिरहनुहोस् र चाँडै निको हुनुहोस् । तपाईं चाँडै नै स्वस्थ हुँदै हुनुहुन्छ । म तपाईं पुनः स्कूल गएको हेर्न चाहन्छु । पढ्ने जुन तपाईंको तीब्र इच्छा छ, त्यो पछ्याउन आग्रह गर्छु । कृपया, निकै राम्रोसँग पढ्नुहोस्, निकै मेहनत गर्नुहोस् र आफ्नो अभिभावकलाई गौरवान्वित बनाउनुहोस् । कृपया तन्दरुस्त र स्वस्थ हुनुहोस् । तपाईंले मलाई आएर आमनेसामने भेट्ने कोसिस गर्नुहोला । मेरो तर्फबाट धेरैभन्दा धेरै माया ।’

भारतीय निर्देशक जुनैद मेमोनले कृति सेननले मुस्कानसँग गरेको भिडियो कल सार्वजनिक गर्दै  लेखेका छन्, ‘मेहबुब स्टुडियोबाट कृति सेननले उनलाई भिडियोकल गरिरहेकी छिन् भनेर मुस्कानलाई थाहा भएपछिको उनको प्रतिक्रिया अमुल्य छ । उनको जीवनमा नयाँ ऊर्जा सुचारु भएको थियो, आफूलाई मनपर्ने नायिकाले भिडियो कलमार्फत् उनीसँग कुरा गरिरहेको देखेपछि उनी बेडबाट झण्डै हाम फाल्ने तयारीमा थिइन् ।

यस्तै जुनैदले वरुणको भिडियो मेसेज पनि सेयर गरेर लेखेका छन्, ‘कृति सेननमार्फत् आफ्नो डाइहार्ड फ्यानबारे थाहा पाएपछि वरुणले तत्काल भिडियो बनाएर मुस्कानलाई पठाए । त्यो मनोभाव बयान गर्न सकिँदैन । ती बालिकाले नयाँ जीवन पाएकी छिन् । उनी पुनः बाँच्न चाहन्छिन् र चाँडै नै वरुणलाई भेट्ने आशामा छिन् । तिमीहरुको यस्तो व्यवहारका लागि धन्यवाद ।

मुस्कानमाथि भदौ २० गते बिहानै दुई युवकले एसिड प्रहार गरेका थिए । एसिडका कारण उनको दाहिने गाला, छाती र हात जलेको छ ।

 

 

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top