×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

एसियन कपमा आज को–को भिड्दैछन् ?

२९ पुष २०८०

२९ पुष,काठमाण्डौ ।

एएफसी एसियन कपमा उज्वेकिस्तान र सिरियाले बराबरी खेलेका छन् । समूह ‘बी’ रहेका दुई टोलीले शनिबार गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । त्यसअघि शनिबार नै समूहको अर्को खेलमा अस्ट्रेलियाले भारतलाई २–० ले हराएको थियो । अष्ट्रेलिया उपाधि दाबेदार मध्येको एक टोली हो ।

पहिलो हाफमा गोलरहित बराबरी खेले पनि भारतले दोस्रो हाफमा सम्हालिएको प्रदर्शन गर्न सकेन । खेलको ५०औँ मिनेटमा ज्याक्सन इर्भानेको गोलबाट अष्ट्रेलियाले अग्रता बनायो । ७३औँ मिनेटमा जोर्डन बोसले अर्को गोल गरेपछि अष्ट्रेलियाले अग्रता दोब्बर बनायो ।

यससंगै अस्ट्रेलियाको ३, उज्वेकिस्तान र सिरियाको १ अंक तथा भारत अंक विहिन छ । समूह ‘ए’ को शनिबार भएको अर्को खेलमा चीन र ताजाकिस्तानले पनि गोलरहित बराबरी खेलेका थिए । त्यो समूहमा कतारले उद्घाटन खेलमा लेवनानलाई ३–०ले हराएको थियो ।

कतारका लागि अक्रम अफिफले २ र अर्को गोल अल्मोएज अलिले गरेका थिए । एसियन कपमा आज जापान र भियतनामबीच साँझ ५ः१५ बजे, युएई र हङकङबीच साँझ ८ः१५ बजे तथा इरान र प्यालेस्टाइनबीच राति ११ः१५ बजे खेल हुनेछ ।

फिफा विश्वकप आयोजना गरेको डेढ वर्षमै कतारले एसियन कपको १८ औँ संस्करण आयोजना गरेको हो । प्रतियोगितामा एसियाका २४ देश प्रतिस्पर्धामा छन् । २४ देशलाई ६ समूहमा विभाजन गरिएको छ ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top