योगेन्द्र योगी
२६ साउन, दोहा ।
कोरोना भाइरस लगायत अन्य विभिन्न कारणले कतारबाट स्वदेश फर्किन नसकेका नेपाली नागरिकहरू मध्ये नेपाली दूतावासको समन्वय र नेपाल सरकारको सहजीकरणमा सोमबार कतारबाट दुई उडानमार्फत ३०१ जना नेपाली स्वदेश फर्किएका छन् ।
दोहाबाट काठमाडौँको लागि उडेको हिमालय एयरलाइन्समा १५० जना र नेपाल एयरलायन्समा १५१ जना नेपाली स्वदेश फर्किएको कतारस्थित नेपाली दूतावासका द्वितीय सचीव प्रबीण भट्टराईले जानकारी दिए ।
स्वदेश फर्कन लागेहरुको यात्रा सहजिकरणका तथा बिदाईका लागि नेपाली दूतावासका द्वितीय सचिव भट्टराईले लगायत नेपाली समुदायका प्रतिनिधिहरुको हमाद अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।
यसैगरी अर्को उडान आज साँझ नेपाल एयरलाइन्सले कतारबाट अन्तिम उडान गर्दैछ ।