×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

कांग्रेसको कपिलवस्तु प्रर्दशनः सरकार भ्रष्टाचारमा पूर्ण रुपमा डुब्यो

२९ मंसिर २०७७

२९ मंसिर, कपिलवस्तु । सरकारविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्दै सडकमा उत्रिएको नेपाली कांग्रेसले कपिलवस्तुको सदरमुकाम तौलिहवामा पनि विरोध प्रदर्शन गरेको छ ।

सरकारले भ्रष्टाचार नियन्त्रण तथा सुशासन कायम गर्न नसकेको भन्दै कांग्रेसले देशव्यापी प्रदर्शन सुरु गरेको हो । केन्द्रीय सदस्य तथा संघीय संसद अभिषेक प्रताप शाहले सरकारकै कारण भ्रष्टाचार , अत्याचार , हिंसा बढिरहेको बताए । उनले केपी ओलीको सरकारलाई आवश्यक परेको खण्डमा मानसिक र राजनीति रुपमा ठीक पार्ने बताए । पूर्व मन्त्री एवं प्रदेश सभा सदस्य विरेन्द्र कनवडियले जनतालाई टाउकोमा राखेर जनताको हकहित र समृद्धिको लागि यो सरकारले काम गर्छ भने विश्वास गरेको भएपनि सरकार नालायकीपन, निकम्मापनले भ्रष्टाचारमा पूर्ण रुपमा डुबेको बताए । विरोध प्रदर्शन कार्यक्रममा संघीय संसद अतहर कलाम खान , पूर्व जिल्ला सभापति सुधार पाण्डे , नेपाल दरुण दलका जिल्ला अध्यक्ष शक्ति सिंह ठकुरी र नेपाल महिला संघकी कपिलवस्त अध्यक्ष मिना के. सी लगायतले सम्बोधन गरेका थिए ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top