×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

कांग्रेसलाई बलियो बनाउन पार्टीभित्र परिवर्तन हुनुपर्छ : पौडेल

२९ बैशाख २०७६

विराटनगर, वैशाख २९
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई संगठित बनाउन कांग्रेसमा आमुुल परिवर्तन आवश्यक रहेको बताएका छन् ।
नेपाल महिला संघ मोरङले आइतबार विराटनगरमा आयोजना गरेको दुईदिने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले यथास्थितिमा कांग्रेस बलियो नहुने तर्क प्रस्तुत गरे ।

“कांग्रेसको तल्लो तहदेखि नै आमूल परिवर्तन गर्नु जरुरी छ,” उनले भने, “पार्टीको क्रियाशील सदस्यता लिने तर चुनावमा चाहिं पार्टीकै नेतालाई हराउन लाग्ने प्रवृत्ति हाबी भएको छ,” पौडेलले भने, “पार्टीलाई चलायमान र बलियो बनाउनु जरुरी छ ।” नेता पौडेलले आगामी निर्वाचनमा बहुमत प्राप्त गर्ने गरी काम गर्न नेता कार्यकर्ताहरूलाई आग्रहसमेत गरे ।

उनले जनताल पत्याउने पार्टी बनाउन पनि कांग्रेसभित्र परिवर्तन आवश्यक रहेको बताए । कांग्रेसप्रति जनताको विश्वास जोडिएकाले पार्टीलाई नयाँ ढंगवाट अघि बढाउनुुपर्ने आवश्यकतामा उनले जोड दिए । “कांग्रेसप्रति जनताको आशा र भरोसा जोडिएको छ । कांग्रेसले मात्रै मुलुकको आर्थिक विकास र समृद्धि गर्छ भन्ने जनतालाई परिसकेको छ,” उनले थपे, “कम्युनिष्ट नेतृत्वको वर्तमान सरकारबाट जनता वाक्क भइसकेका छन् ।”

पार्टीभित्रको अन्तरद्वन्द्वका कारण गत निर्वाचनमा कांग्रेसले पराजय भोग्नुु परेकाले समयमा पार्टीको महाधिवेशन गरेर कांग्रेसलाई बलियो बनाउनुुपर्नेको विकल्प नभएको उनको कथन थियो । वर्तमान सरकारले लोकतन्त्रको मुूल्य मान्यतालाई बिर्सेर अघि बढेको उनको आरोप थियो ।

सरकारले संसदमा पेश गरेको मिडिया काउन्सिल विधेयक कुनै पनि हालतमा पास हुन नदिने उनले चेतावनी दिए । महामंन्त्री डा. शशांक कोइरालाले महिलाहरूले आफ्नो हक अधिकारका लागि संगठित हुुनुुपर्नेमा जोड दिए । कार्यक्रममा केन्द्रीय सदस्यहरू कृष्णप्रसाद सिटौला, डा. शेखर कोइराला, डा. रामशरण महत, महेश आचार्य, डा मीनेन्द्र रिजाललगायतले सरकारको अधिनायकवाद चिर्न कांग्रेस एकजुट भएर आन्दोलनमा उत्रिनुको विकल्प नभएको बताए ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top