×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

कांग्रेस र कम्युनिष्टले संघीयतालाई कार्यान्वय गर्न चाहेनन्ःउपेन्द्र यादव

१५ बैशाख २०७६

विराटनगर, वैशाख १५
संघीय समाजबादी फोरम नेपालका अध्यक्ष तथा उपप्रधान एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादवले कांग्रेस र कम्युनिष्ट संघीयतालाई पुर्ण कार्यान्वयगर्ने पक्षमा नरहेको आरोप लगाएका छन् ।

संघीय समाजबादी फोरम नेपालको प्रथम राष्ट्रिय एकताको प्रदेश अधिवेशनलाई विराटनगरमा सम्बोधन गदै उनले यस्तो आरोप लगाएका हुन् । उपप्रधानमन्त्री यादवले कांग्रेस र कम्युनिष्टको निति संघीयता नभएको बताउदै पार्टीहरुले विभिन्न चरणमा भएका आन्दोलनका कारण संघीयता स्वीकार गर्न बाध्य भएको दाबी गरे ।

उनले संबिधान बनाउने कांग्रेस र कम्युनिष्टहरुले नै अहिले संविधान काम लाग्ने नरहेको बताउदै हिड्न थालेको दाबी समेत गरे । उनले संघीयताको ढांचा अनुसार प्रदेश सरकार निर्माण गरिएपनि उनिहरुलाई अधिकार सम्पन्न नबनाइएको बताए ।

कांग्रेस र कम्युनिष्ट एकल जातिय मानसिकताको राज्य संचालन प्रणालीबाट बाहिर आउन नसकेका कारण संघीयता प्रभावकारीरुपमा कार्यान्यव हुन नसकेको ठोकुवा गरे । विराटनगरस्थित वीरेन्द्र सभागृहमा आयोजना गरिएको सो पार्टीको प्रदेश अधिवेशनमा प्रदेश १ का १४ जिल्लाका पार्टी प्रतिनिधिहरुको सहभागिता थियो । अधिवेशनबाट प्रदेश कार्यसमिति चयनगर्ने सो पार्टीले जनाएको छ ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top