×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

काठमाडौँसहित देशभर तापक्रम वृद्धि

१३ जेष्ठ २०७५

काठमाडौँ, १३ जेठ

केही दिनयता निरन्तर घाम लागेका कारण काठमाडौँ उपत्यकासहित देशभरको तापक्रम बढेको छ ।

मनसुनको पूर्वसंघारमा एकाएक मौसममा आएको फेरबदलले तापक्रम बढाएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा सामान्यतः जुन १० देखि मनसुन शुरु हुन्छ । तापक्रम कम हुनलाई बदली र वर्षाको क्रम चलिरहनुपर्ने हुन्छ ।

महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँको अधिकतम तापक्रम ३१.५ र न्यूनतम १८.५ डिग्री सेल्सियस पुगेको छ । शनिबार काठमाडौँको तापक्रम ३१ डिग्री पुगेको थियो । अघिल्लो वर्ष (सन् २०१७ जुन ५) मा काठमाडौँको तापक्रम बढीमा ३२ डिग्री पुगेको महाशाखाको रेकर्ड छ । मनसुन शुरु हुन अझै दुई साताभन्दा बढी छ ।

सबैभन्दा बढी नेपालगञ्जको ४२.२ तापक्रम पुगेको छ । अघिल्लो वर्ष जुन ५ मा त्यहाँको तापक्रम ४२ डिग्री पुगेको थियो । धनगढीको ४१.२, दिपायलको ३९, दाङको ३७, भैरहवाको ३६ र विराटनगरको ३१ डिग्री सेल्सियस पुगेको छ । सबैभन्दा कम ताप्लेजुङको अधिकतम तापक्रम २६ डिग्री सेल्सियस छ ।

प्रि–मनसुनको अवस्था रहेको र दुई तीन दिनयता वर्षा नभएका कारण काठमाडौँ उपत्यकासहित देशका विभिन्न भेगमा तापक्रम बढेको मौसमविद् शान्ति कँडेलले बताइन् ।

“अहिलेको तापक्रम वृद्धि मनसुन शुरु हुनुपूर्वको गतिविधि हो, मनसुनी सक्रियताका लागि तापक्रम चाहिने हुन्छ, यो त्यसैको सिनारियो हो, यसलाई प्रि–मनसुनी गतिविधिकै रुपमा लिइन्छ”, मौसमविद् कँडेलले भनिन् ।

उनका अनुसार दुई दिनअघि सुदूरपश्चिम भेगमा मात्र बढेको तापक्रम आज देशभर बढेको छ । तापक्रम एक दुई दिन यही हाराहारीमा रहनेछ । आज मध्य र पश्चिम भेगका केही स्थान र पूर्वी पहाडी भेगमा बदलीसँगै वर्षा हुनेछ भने काठमाडौँमा पनि वर्षाको सम्भावना छ ।
रासस

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top