×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

काठमाडौं – तराई दु्रतमार्ग सडक निर्माणको काम तोकिएकै समय भित्र सम्पन्न हुने

१४ जेष्ठ २०७६

जेष्ठ १४, २०७६
नेपाली सेनाले काठमाडौं – तराई/मधेश दु्रतमार्ग सडक आयोजना निर्माणको काम तोकिएकै समय भित्र सम्पन्न हुने गरी अघि बढाइएको जनाएको छ । ्नेपाली सेनाका इन्जिनियरिङ विभाग प्रमुख एवम् सो आयोजनाका प्रमुख उपरथी योगेन्द्रबहादुर खाँणले तोकिएकै समय भित्र सम्पन्न हुने गरी सो आयोजनाको कामलाई अघि बढाइएको जानकारी दिएका हुन् । मंगलबार संघीय संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा सो आयोजनाको हालसम्मको कार्य प्रगति विवरण पेश गर्दै उनले आगामी २०७९ साल असोज महिना भित्र सो आयोजनाको सम्पूर्ण काम सम्पन्न गर्ने गरी कामलाई अघि बढाइएको बताए । निर्धारित समय सिमा भित्र सो आयोजनाको कामलाई सम्पन्न गर्ने गरी आवश्यक्ता अनुसार राष्ट्रिय तथा अन्तराष्ट्रिय निर्माण व्यवसायीहरु पनि सो आयोजनाको काममा परिचालन गरिएको आयोजनाका प्रमुख उपरथी खाँणले बताएका छन् । सो आयोजना अन्तरगतको पुल निर्माणको कामलाई पनि सुरु गरिएको नेपाली सेनाले जनाएको छ । आयोजनाका प्रमुख उपरथी खाँणले पुल निर्माणको कामलाई पनि तीव्रता दिइएको बताए । उनले आयोजनाको ६५६ रोपनी जग्गा अधिग्रहणको काम बाँकि रहेको उल्लेख गर्दै त्यसलाई पनि अघि बढाउने बताए ।

आयोजनाले सुरुङमार्ग निर्माण हुने खण्डमा रुख कटानको कामलाई पनि सुरु गरिएको जनाएको छ । त्यसैगरी सो आयोजनाको विस्तृत परियोजना प्रतिवेदन १० करोड लागतमा निर्माणका गरिएको र त्यो स्विकृतिका लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा पेश गरिएको पनि आयोजना प्रमुख उपरथी खाँणले जानकारी दिए ।

यसैबीच, राष्ट्रिय सरोकार तथा समन्वय समितिले आयोजनाले तयार पारेको विस्तृत परियोजना प्रतिवेदन मन्त्रीपरिषद बैठकबाट स्विकृत गरी काठमाडौं – तराई/मधेश दु्रतमार्ग सडक आयोजना निर्माणको कामलाई निर्धारित समय भित्रै सम्पन्न गर्न नेपाली सेनालाई सहज बाटो खोली दिन सरकारलाई निर्देशन पनि दिएका छन् । समितिकी सभापति दिलकुमारी रावल थापाले सो आयोजनाको कामलाई तोकिएकै समयमा सम्पन्न हुने गरी प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा पेश गरिएको विस्तृत परियोजना प्रतिवेदन स्विकृत गर्न सरकारलाई निर्देशन दिइएको जानकारी दिए ।बैठकमा समितिका सदस्यहरुले सो आयोजनाको कामलाई अघि बढाउँदा स्थानीय जनतालाई मारमा पार्ने काम नगर्न पनि नेपाली सेनाको गम्भिर ध्यानाकर्षण गराएका हुन् । ७६ दशमलव २ किलो मिटर लम्बाई रहेको सो सडक आयोजनाको निर्माणको जिम्मेवारी नेपाली सेनालाई २०७४ साल श्रावण २७ गते दिइएको थियो । आयोजनाको प्रमुख उपरथी खाँणले तोकिएकै समय भित्र सो आयोजनाको कामलाई सम्पन्न हुने गरी सबै कामलाई अघि बढाइएको बताए । उनले आगामी आर्थिक वर्षको सूरुमै सो आयोजना अन्तरगतको सडकको कालोपत्रेका लागि आवश्यक सामग्री खरिद प्रक्रिया सुरु गर्ने योजना तय गरिएको पनि बताए ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top