×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

किन दयनीय बन्दैछन् जलविद्युत् कम्पनीका शेयर

३२ श्रावण २०७६

३२ साउन, काठमाडौँ ।

आमरुपमा शेयर बजारमा उच्च प्रतिफल कमाउनका लागि नै लगानी गर्ने गरिन्छ । तर, बजारमा कारोवार भएका केही कम्पनीको अवस्था हेर्ने हो भने अवस्था खराब रहेको देखिन्छ । प्रतिफल कमाउनका लागि गरिएको लगानीसमेत घटेर न्यून विन्दुमा पुगेको छ ।

प्रतिफल त परको कुरा लगानी गरिएको रकमसमेत घटेका छन् । बजार निरन्तर ओरालो लागिरहेको छ । बिहीबार नेपाल स्टक एक्सचेञ्जमा १५९ कम्पनीका शेयर कारोबार भए । निरन्तर ओरालो लागेको बजार बिहीबार एक हजार २२४ विन्दुमा ओर्लिएको छ । बजार घट्ने क्रममा सबै उपसमूहको शेयर ओरालो लागेका छन् । सोही क्रममा जलविद्युत् उपसमूहका शेयरसमेत ओरालो लागेको छ । स्टकका अनुसार जलविद्युत् उपसमूहका कूल ३२ कम्पनी सूचीकृत छन् ।
ती कम्पनीमध्ये अधिकाशंको शेयर आरोलो लागेको छ । कुनै समय नेपालको शेयर बजारको आकर्षक मानिएको चिलिमे जलविद्युत् कम्पनीको शेयर मूल्यसमेत ओरालो लागेर प्रतिकित्ता रु ४७२ मा कारोवार भएको छ । जलविद्युत् उपसमूहमध्ये सबैभन्दा बढी मूल्य भएको कम्पनीसमेत चिलिमे नै रहेको छ । एकाध कम्पनीको बाहेक धेरैजसो जलविद्युत् कम्पनीको शेयर आरोलो लागेका छन् ।

स्टकको विवरणअनुसार कूल ३२ जलविद्युत् कम्पनीमध्ये १३ कम्पनीको शेयर आधारभूत मूल्य भन्दा निक्कै तल रहेको छ । साधारण शेयर खरीद गर्ने लगानीकर्ताले तिरेको मूल्यसमेत ओरालो लागेर घाटा खाएका छन् । नेपाल स्टक एक्सचेञ्जमा बिहीबार भएको कारोवारका आधारमा आँखुखोला जलविद्युत् कम्पनीको शेयर प्रतिकित्ता रु ६६ मा कारोवार भएको छ ।

यस्तै बरुण हाइड्रोपावर रु ९०, छयाङ्दी रु ८२, दिव्यश्वरी हाइड्रोपावर रु ६१, घलेम्दी हाइड्रोपावर रु ८३ र जोशी हाइड्रोपावरको शेयर रु ७० मा कारोवार भएको छ । त्यस्तै कालिका पावर रु ८७, खानीखोला हाइड्रोपावर रु ६३, नेशनल हाइड्रोपावर रु ६२ र रिडी हाइड्रोपावरको शेयर प्रतिकित्ता रु ९० मा कारोवार भएको छ ।

बिहीबारको बजारको आधारमा हेर्दा सबैभन्दा कम मूल्य भएको जलविद्युत् कम्पनीमा दिव्यश्वरी हाइड्रोपावर रहेको छ । त्यस्तै सिनर्जी पावर रु ८६, युनियन हाइड्रोपावर रु ६६ र युनिभर्सल हाइड्रोपावर कम्पनीको शेयर प्रतिकित्तिा रु ८३ मा कारोवार भएको छ ।

यस्तै केही जलविद्युत् कम्पनीको शेयर आधारभूत मूल्य भन्दा माथि भए पनि लगानीकर्तालाई भने नाफा दिने अवस्था रहेको देखिदैन । करीब आधारभूत मूल्य र त्यसभन्दा माथि रहेका कम्पनीमा नेपाल हाइड्रो रु ११६, ङादी ग्रुप अफ पावर रु ११२, युनाइटेड मोदी रु १०७, अरुण भ्याली रु १०३, अपि पावर रु १३१, हिमालन ऊर्जा रु १२९, हिमालयन पावर पाटर्नर रु १६२ , पञ्चकन्या माई रु १०१, पाँचथर पावर रु ११६, राधी विद्युत् कम्पनी रु १४२ र रैराङ हाइड्रोपावरको शेयर प्रतिकित्ता रु १०५ मा कारोवार भएको छ ।

यस्तै, रसुवागढी जलविद्युत् कम्पनी रु २१०, साञ्जेन जलविद्युत् कम्पनी रु २२२, माथिल्लो तामाकोशी रु २६१, चिलिमे जलविद्युत् कम्पनी रु ४७२ र बुटवल पावर कम्पनी रु ३९६ मा कारोवार भएको छ । अधिकाशं जलविद्युत् कम्पनीमा लगानी गर्ने लगानीकर्ताले नराम्ररी घाटा खाएका छन् ।

कारण के त ? राससले शेयर बजारबारे विश्लेषण गर्दै आएका प्रकाश तिवारीलाई सोध्यो “किन यसरी घाटामा परिरहेका छन् लगानीकर्ता ?”, उनले भने “लगानी अनुसारको प्रतिफल घट्दै गएका कारण पनि अवस्था त्यस्तो आएको हो ।” उनले जलविद्युत् कम्पनीको समग्र विषयमा जाँच पड्ताल गर्न उच्चस्तरीय नियमक निकायको जरुरी भइसकेको बताए ।

केही जलविद्युत् कम्पनीले त वर्षभरी नै कमाएको रकम आन्तरिकरुपमा नै खर्च हुने भएकाले शेयरधनीलाई वितरण गर्नसक्ने अवस्था नै छैन । साना जलविद्युत् आयोजनाको प्रतिवर्ष उत्पादन घट्ने र कमाइसमेत कम हुने गरेको छ । तिवारीका अनुसार बजार घटेका बेला अन्य उपसमूह जस्तै जलविद्युत् कम्पनीको शेयर पनि ओरालो लागेको जस्तो देखिए पनि अवस्था त्यत्तिमात्रै नभएको पाइएको छ ।–रमेश लम्साल /रासस

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top