×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

किसानका लागि मूल्य निर्धारण गर्न छुट्टै आयोग

१३ आश्विन २०७६

१३ असोज, काठमाडौँ ।
कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनालले किसानका लागि मूल्य निर्धारण गर्न छुट्टै आयोग गठन गर्ने घोषणा गरेका छन् । आफ्ना उत्पादनमा उचित मूल्य पाउन नसकेको गुनासो किसानहरुले गरिरहेका बेला मन्त्री खनालले किसानका लागि उचित मूल्य निर्धारण गर्न कृषि बस्तुको ‘मूल्य निर्धारण आयोग’ गठन गर्ने बताएका हुन् ।

आयोगलाई किसानहरुलाई मर्कामा नपर्ने गरी उनीहरुको उत्पादनको मूल्य निर्धारण गर्ने कार्यादेश दिने उनको योजना छ । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री खनालले नेपाललाई मासुमा आत्मनिर्भर बनाउन चालू आर्थिक वर्ष भित्रै ‘कृषिमा युवा कार्यक्रम’ संचालनमा ल्याउने तयारी गरिएको पनि बताए ।

मन्त्री खनालले कुखुराको दानामा मूल्य वृद्धि उच्च भएको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्न सरकार लागि परेको दावी पनि गरे ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

image

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top