×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

कोभिडले वैदेशिक रोजगारीमा जानबाट रोकिए सवा लाख श्रमिक

१७ कार्तिक २०७७

काठमाडौँ : कोरोना महामारी बढ्न थालेपछि वैदेशिक रोजगारीमा जानबाट रोकिएका १ लाख १५ हजार नेपाली श्रमिकले लगानी गरेको झन्डै ६ अर्ब रुपैयाँ फसेको छ । उनीहरू गन्तव्य देशमा जानेबारे अझै टुंगो छैन ।

चैत पहिलो सातासम्म उड्ने तयारीमा रहेका उनीहरूको वैदेशिक रोजगारीको लागत शुल्कबापतको लगानी फसेको हो । एक जना श्रमिकको सरदर ५० हजार रुपैयाँ फसेको छ ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अनुसार वैदेशिक रोजगार विभागबाट झन्डै तीन लाख जनाको पूर्वश्रमस्वीकृति निस्किएको थियो । ‘पूर्वश्रमस्वीकृति लिएर उनीहरूको अन्तर्वार्ता चलिरहेको थियो, एक लाख १५ हजार जना त उड्ने तयारीमै थिए,’ संघका महासचिव सुजितकुमार श्रेष्ठले कान्तिपुरसँग भने, ‘अन्तिम श्रमस्वीकृति निस्किएकाहरू पनि चैतयता उड्न पाएका छैनन् ।’

कतिपय श्रमिकले रोजगारीको भिसा लाग्नुअघि नै म्यानपावर कम्पनीलाई आधा भुक्तानी दिइसकेका छन् । भिसा आइसकेकाले भने पूरा भुक्तानी दिइसकेका छैनन् । ‘म कतारमा कफी बनाउने काममा जाने टुंगो लागिसकेको थियो, महिनाको १८ सय रियाल तलब पाउने भनेपछि फागुन अन्तिम साता मागेको मध्ये ८० हजार रुपैयाँ म्यानपावरलाई दिएँ,’ धादिङकी रीता अधिकारीले भनिन्, ‘म्यानपावरलाई कहिले जाने भनेर सोध्दा कम्पनीबाट जवाफ आएको छैन भन्छ । म्यानपावर हाम्रो केही गल्ती छैन, सबै लगानी फसेर बसेको छ भनिरहेको छ । पैसा कसरी उठाउने भन्ने चिन्ता छ ।’ उनले फागुनदेखि साहुलाई ब्याज तिर्दै आइरहेको बताइन् ।

संघका महासचिव श्रेष्ठका अनुसार सबैभन्दा बढी साउदी अरब, कतार र मलेसिया जाने श्रमिक रोकिएका छन् । ‘हामीविरुद्ध विदेश नपठाएको भन्ने उजुरी विभागमा पर्ने सम्भावना देखिइरहेको छ, जुन हाम्रो हातमै छैन,’ उनले भने, ‘अब मागपत्रहरू प्रमाणीकरण गर्नुपर्छ ।’ श्रमिकले मेडिकल परीक्षण, भिसा र हवाई टिकटबापतको रकम बुझाएका हुन् । श्रमिकको कति रकम फस्यो भन्ने विवरण भने वैदेशिक रोजगार विभागसँग छैन । ‘सरकारको नियमअनुसार कोही पनि श्रमिकले लागत शुल्क म्यानपावरलाई बुझाउनु पर्दैन, कसैले शुल्क बुझाउँछ भने त्यो अस्वस्थ कारोबार हो,’ विभागका महानिर्देशक कुमार दाहालले कान्तिपुरसँग भने, ‘त्यसलाई अस्वस्थ रूपमा पैसा उठाएको भनेर हेरिन्छ ।’

सरकारले गत चैत ९ देखि नै वैदेशिक रोजगारीका लागि श्रमस्वीकृति दिन रोकेको थियो । लकडाउन खुला भएपछि वैदेशिक रोजगार विभागले भिसाको म्याद समाप्त नभएका श्रमिकलाई श्रमस्वीकृति दिन थालेको छ । दाहालको बुझाइमा अझै रोजगारदाता कम्पनी श्रमिकलाई लगिहाल्ने अवस्थामा छैनन् । ‘बिदामा आएका वा उद्धार गरी फर्केका भिसावाला श्रमिक पुनः सोही रोजगारदाता कम्पनीमा जाने भएमा रोजगारदाताले नो अब्जेक्सन लेटर दिनुपर्छ, हामीले असार १८ गतेदेखि नै श्रमस्वीकृति दिन थालेका थियौं, श्रमस्वीकृति लिन आउनेको संख्या उत्साहजनक देखिँदैन,’ उनले भने ।,याे समाचार कान्तिपुर दैनिकमा छापिएकाे छ ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top