×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

क्याफेमा बम हानेर चारको हत्या

१० जेष्ठ २०७५

बग्दाद, १० जेठ ः इराकको राजधानी बग्दादमा अवस्थित एक क्याफेमा अज्ञात व्यक्तिले बम हानेर खाना खाइरहेका चार व्यक्तिको हत्या गरेका छन् ।

यस आत्मघाती बम आक्रमणमा परी अरु पनि कैयौँ व्यक्तिलाई घाइते बनाइएको छ ।

मुस्लिम राष्ट्रहरुमा हाल रमाजान व्रतको महिना चलिरहेको छ । एक महिनासम्म चल्ने यस व्रतका क्रममा पनि प्रायः दैनिकजसो हत्या हिंसा रोकिएको छैन ।

यस हमलामा परी चार व्यक्तिको मृत्यु हुनुको साथै अन्य १६ घाइते भएका स्थानीय प्रहरी अधिकारीले जनाएका छन् ।

मारिनेमा एकजना सुरक्षा अधिकारी पनि परेका उक्त विज्ञप्तिमा जनाइएको छ ।

इराकी राजधानी बग्दादको छिमेकमा पर्ने सिया मुसलमान समुदायको बढी प्रभाव रहेको अल सोआला जिल्लामा अवस्थित उक्त क्याफेमा खाना खाइरहेका प्रहरीलाई लक्ष्यगरी सो हमला भएको हो ।
रासस

 

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top