×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

गृहमन्त्री थापा : बम विस्फोटमा ज्यान गुमाउने सामान्य नागरिक होइनन्

१३ जेष्ठ २०७६

गृहमन्त्री रामबहादुर थापाले आइतबार काठमाडौंको सुकेधारा र घट्टेकुलोमा भएको बम विस्फोटमा ज्यान गुमाउने सामान्य नागरिक नभएको बताएका छन् ।

सोमबार प्रतिनिधिसमा बैठकमा बोल्दै गृहमन्त्री थापाले विस्फोटमा मृत्यु / घाइते भएका सबै जसो विप्लव समूहसँग सम्बद्ध रहेको भन्दै उनले गैरकानुनी काम गर्ने सर्वसाधारण नहुने अभिव्यक्ति दिएका हुन् ।

‘उनीहरु सामान्य जनता होइनन् । घटना घटाउने कै ज्यान गएको छ । गैरकानुनी काम गर्ने सर्वसाधारण हुन सक्दैन’ थापाले भने । उनीहरू घटना घटाउन बम बनाउने क्रममा मारिएकाले उनीहरूलाई साधारण नागरिक भन्न नहुने थापाले बताएका छन् ।

प्रतिनिधि सभा बैठकमा बोल्दै थापाले विप्लवले जनसरकारकारुपमा जनपरिषद् र जनसेनाकारुपमा चार कम्पनी गठन गरेको समेत जानकारी जानकारी दिए ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top