×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

ग्रामथान गाँउपालिकालाई यसैवर्ष बालविवाहमुक्त क्षेत्र घोषणा गरिने

९ भाद्र २०७५

मोरङ, भदौ ८
मोरङको ग्रामथान गाँउपालिकालाई बालविवाहमुक्त क्षेत्र बनाउन सरोकारवालाले प्रतिबद्धता जनाएका छन । ग्रामथान गाँउपालिका २ झोराहाटस्थित सरस्वती माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सहभागि सरोकारवालाले चालुबर्ष २०७५ भित्र गाँउपालिकालाई बालविवाहमुक्त क्षेत्र बनाउने प्रतिबद्धता जनाएका हुन ।

वडा बाल संरक्षण तथा सम्र्बद्धन समिति,झोराहट–२, वल्र्ड भिजन र नारी विकास संघले संयुक्तरुपमा आयोजना गरेको प्रतिबद्धता घोषणा सभाका सहभागिले प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्दै चालु बर्षभित्र गाँउपालिकालाई बालविवाहमुक्त घोषणा गर्न आवश्यकपर्ने वातावरण बनाउन पूर्णरुपमा सहयोगगर्ने प्रतिबद्धता जनाएका हुन् । कार्यक्रममा प्रदेशसभा सदस्य बिजय विश्वास, जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेशप्रसाद पोखरेल, ग्रामथान गांउपालिका उपप्रमुख फुलकुमारी चौधरीसहित अभिभावक,विद्यार्थी समेतले प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका छन् ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top