×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

चीनले हङकङको चुनावी प्रणालीलाई नियन्त्रण गर्न ल्याएको कानुन पारित, राष्ट्रवादीहरूले मात्रै लड्न पाउने

१७ चैत्र २०७७

१७ चैत, काठमाडौँ । चीनले हङकङको चुनावी प्रणालीलाई नियन्त्रण गर्न ल्याएको कानुन पारित गरेको छ ।

नयाँ कानुनमा हङकङमा राष्ट्रवादीहरू मात्रै चुनाव लड्न पाउने व्यवस्था छ । यसका लागि मुख्य भूमि चीनसँग आफ्नो बफादारिता पुष्टि गरेपछि मात्रै हङकङमा सांसदसहितका पदमा चुनाव लड्न पाइने व्यवस्था रहेको बीबीसीले जनाएको छ ।

गएको मार्चमा नेशनल पिपुल्स कंग्रेस (एनपीसी) को बैठकका क्रममा संसद्ले यसलाई पारित गरेको थियो । मङ्गलवार (आज) एनपीसी स्थायी कमिटीले पारित गरेको हो । नयाँ कानुनले संसदमा प्रत्यक्ष निर्वाचित सिटहरूको सङ्ख्या झण्डै आधा घटाएको छ ।

चीनले पारित गरेको नयाँ कानुनले हङकङमाथिको चिनियाँ नियन्त्रण थप बलियो बन्ने चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । नयाँ कानुनले प्रजातन्त्रको अन्त्य हुने भन्दै विपक्षीले आलोचना गरेका बीबीसीले जनाएको छ ।

चीनले यसअघि हङकङमा कडा सुरक्षा कानुन लागू गरिसकेको छ । यस कानुनलाई लिएर हङकङमा ठूलो मात्रामा प्रदर्शन भएको थियो । प्रदर्शनका क्रममा हजारौँ नागरिकलाई हिरासतमा लिइएको थियो ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top