×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

चुनावी प्रतिबद्धता पुरा हुँदैछन् : मन्त्री अर्याल

६ मंसिर २०७७

६ मंसिर, स्याङ्जा ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले चुनावी प्रतिवद्धताहरुलाई बिस्तारै पुरा गर्दै गइरहेको बताएकी छन् ।

मन्त्री अर्यालले शनिबार स्याङ्जाको काली गण्डकी गाउँपालिका–२ मा सृजनशील बहुउद्देश्यीय क्लबको भवन शिलान्यास गर्नुहुँदै भनिन्, ‘हामीले चुनावी प्रतिवद्धताहरुलाई क्रमशः पुरा गर्दैछौँ । केहीको उपलब्धि आइसकेको छ भने केही आयोजनाहरू बन्दै गरेको अवस्थामा छन् ।’

जनताहरूको आड भरोसाले आँफु अहिले मन्त्री पदमा रहेको भन्दै उनले जनतालाई निराश बनाउने काम कहिल्यै नगर्ने प्रतिबद्धता व्यक्त गरिन् । उनले भनिन्, ‘जनमुखी कामको अभियानमा सरकार छ । जनताको आसालाई कहिल्यै निराशा बन्न दिँदैनौँ ।’

सिपसहितको शिक्षा अहिलेको आवश्यकता रहेको भन्दै उनले सिप विकासले मात्रै बेरोजगारको अन्त्य हुन सक्ने बताइन्। सरकार सिपसहितको शिक्षाको अभियानमा रहेको भन्दै उनले भनिन्, ‘युवालाई स्वरोजगार बनाउन सिपयुक्त शिक्षाको आवश्यकता पर्दछ, विदेश पलायनबाट रोक्न पनि हातमा सिप नै चाहिन्छ । सिप सिकेर आफ्नै भूमिमा सुन फलाउन हामीले युवाहरूलाई अभिप्रेरित गछौँ ।’

काली गण्डकीमा समेत विकासको गति अगाडि बढेको भन्दै उनले सडक चौडादेखि ग्राभेल गर्ने काम समेत आफ्नै पहलमा भएको बताइन् । मिर्मिदेखि रुद्र बेनीसम्मको सडक कालोपत्रे गरेर पर्यटकीय मार्ग बनाउने मन्त्री अर्यालको भनाई छ ।

उनले भनिन्, ‘स्याङ्जामा पर्यटकीय सम्भावनाहरूको लागि आवश्यक विकासको पूर्वाधार मध्ये पहिलो सडक पनि हो । पर्यटकीय सडकहरू निर्माण गर्ने, अन्य भौतिक संरचना निर्माण गरेर पर्यटकलाई आकर्षण गर्नेछौँ ।’ साथै मन्त्री अर्यालले काल गण्डकी–२ स्थित नवनिर्मित शिव पार्वतीको मन्दिर निरीक्षण गर्दै आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top