×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

चेन्नईको आइपिएलमा विजयी सुरूवात

२५ चैत्र २०७४

इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको ११ औँ संस्करणमा महेन्द्र सिंह धोनीको टिम चुन्नई सुपरकिङ्सले विजयी सुरूवात गरेको छ।

पछिल्ला दुई सिजन प्रतिबन्धका कारण आइपिएलबाट बाहिर रहेको चेन्नई सुपरकिंग्सले शनिबार उद्घाटन खेलमा साबिक विजेता मुम्बई इन्डियन्सलाई १ विकेटले हराएको हो।

मुम्बईको वानखडे मैदानमा चेन्नईलाई जिताउन डवेन ब्रावोले बिस्फोटक ब्याटिङ गरे। ब्रावोले ३० बलमा ६८ रन बनाउँदै टिमलाई रोमाञ्चक जित दिलाए।

पहिले ब्याटिङ गर्दै मुम्बईले दिएको १ सय ६६ रनको लक्ष्य पछ्याएको चेन्नईले अन्तिब बल बाँकी छँदै जित हात पार्‍यो।

खराब सुरूवात गरेको चेन्नईले ५० रन बनाउँदा चार महत्वपूर्ण विकेट गुमाइसकेको थियो।

१७ औं ओभरसम्म ८ विकेटको क्षतिमा ११८ रन बनाएको चेन्नईलाई ब्रावोले अन्तिम तीन ओभरमा जितको बाटो देखाए। उनले ३० बलमा तीन चौका र सात छक्का प्रहार गरे।

यस्तै अन्तिम ओभरको चौथो बलमा छक्का र पाँचौँ बलमा चौका प्रहार गर्दै टिमलाई १ विकेटको जित दिलाएका जाधवले २२ बल खेल्दै २४ रन बनाए। चेन्नईका लागि आमबाती रायडुले २२, शेन वाट्सन १६ तथा रविन्द्र जडेजाले १२ रन जोडे। शुरेश रैना ४ तथा कप्तान महेन्द्र सिंह धोनी ५ रनमा आउट भएका थिए।

मुम्बईका लागि हार्दिक पाण्ड्या र मायाङ्क कारकर्डेले समान ३-३ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ्ग गरेको मुम्बईले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १६५ रन बनायो। उसका लागि सूर्यकुमार यादवले ४३, इशान किशनले ४०, क्रुणाल पाण्ड्याले नटआउट ४१ त्था हार्दिक पाण्ड्याले नटआउट २२ रन बनाएका थिए।

चेन्नईका लागि शेन वाट्सनले २ तथा इमरान ताहिर र दीपक चहरले १-१ विकेट लिए।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top