×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

छनोट जिते सबै खेलाडी मालामाल, जनही साढे १९ लाख पुरस्कार

३० आश्विन २०८२

३० असोज , काठमाण्डौ ।

नेपाल आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको उपाधिनजिक पुगेको छ । सुपर सिक्सको तेस्रो खेलमा ओमानलाई ३८ रनले पराजित गर्दै आफ्नो अपराजित यात्रा कायमै राख्न सफल भएको नेपालले ४ खेलबाट ८ अंक पु¥याएको छ ।

नेपालले समूह चरणबाटै २ अंक ल्याएको थियो । समान खेलमा ६ अंक रहेको ओमान दोस्रो स्थानमा झरेको छ । यद्यपि, यी दुई टोली विश्वकपमा पुगिसकेका छन् । अब ओमानले जापान र नेपालले सामोअसँग खेल्नेछ ।

उक्त खेल जितेमा नेपाल अपराजित रहँदै प्रतियोगिताको विजेता हुनेछ । यदि नेपालले हार्यो र ओमानले पनि अन्तिम म्याचमा जापानसँग हार्यो भने पनि नेपाल नै विजेता हुन्छ । तर, नेपालले हार्यो र ओमानले जित्यो भने चाहिँ रन रेटका आधारमा नेपाल र ओमानमध्ये एक विजेता बन्नेछन् ।

यसबीच यदि नेपालले छनोटको उपाधि कब्जा गर्न सफल भयो भने टोलीका सबै खेलाडीले लाखौं पाउने भएका छन् । उनीहरूले जनही १९ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने भएका छन् । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले खेलकुद विकास नियमावली २०७९ अनुसार सो पुरस्कार रकम दिइने बताए ।

अब शुक्रवार हुने अन्तिम खेलमा नेपालले सामोआलाई हराएको खण्डमा नेपालले छनोट प्रतियोगिताको उपाधि जित्ने छ । घिसिङकै कार्यकालमा ल्याइएको खेलकुद विकास नियमावलीमा खेलाडीहरूलाई प्रदान गरिने पटके पुरस्कारलाई व्यवस्थित गरिएको थियो ।

कस्तो प्रतियोगिता जितेमा खेलाडी र प्रशिक्षकलाई कति पुरस्कार दिने भन्ने नियमावलीमै उल्लेख छ । नियमावलीको अनुसूची ४ अन्तरगतको व्यवस्था अनुसार यदि नेपालले विश्वकप नै जितेको खण्डमा खेलाडीले जनही ३२ लाख ५० हजार रुपैयाँ पाउँछन् ।

यस्तै, उपविजेता भएको खण्डमा जनही २६ लाख र तेस्रो भएमा १९ लाख ५० हजार दिने व्यवस्था छ । विश्वकप छनोट प्रतियोगितामा पहिलो भएको अवस्थामा पनि प्रत्येक खेलाडीले १९ लाख ५० हजार पाउने व्यवस्था गरिएको छ ।

दोस्रो भएमा १३ लाख र तेस्रो भएमा ९ लाख १० हजार पाउँछन् । यही नियमावली अनुसार २०२४ को विश्वकप छनोट प्रतियोगितामा नेपाल दोस्रो हुँदा खेलाडीले १३ लाख जनही पाएका थिए । छनोट प्रतियोगिताको उपाधि जितेमा प्रमुख प्रशिक्षकले ६ लाख २५ हजार रकम पाउनेछन् ।

यस्तै, सहायक प्रशिक्षक, फिजियो र अफिसियललाई ३ लाख २५ हजार दिइनेछ । दोस्रो भएमा प्रमुख प्रशिक्षकले ३ लाख ९० हजार र अफिसियलहरुले एक लाख ९१ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगिताको उपाधि जितेमा नेपाल क्रिकेट संघ (क्यान) ले पनि ६ लाख ५० हजार रुपैयाँ पाउनेछ । दोस्रो भएमा ३ लाख ९० हजार र तेस्रो भएमा दुई लाख ६० हजार रुपैयाँ प्राप्त गर्ने व्यवस्था नियमावलीमा गरिएको छ ।

यस्तै अर्ना ब्राण्डले पनि नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई टी–२० विश्वकपका लागि छनोट भएमा ठूलो आर्थिक सहयोगको घोषणा गरेको थियो । अर्नाले जारी गरेको विज्ञप्तिअनुसार, यदि टीम नेपाल टी–२० वल्र्ड कपको लागि छनोट भएमा रु ५१ लाखको नगद पुरस्कार टोलीलाई प्रदान गरिनेछ ।

यसअनुसार यो पुरस्कार खेलाडीहरुले पाउने निश्चित भएको छ । यो पुरस्कारका अतिरिक्त, नेपालमा क्रिकेटको पूर्वाधार विकासलाई टेवा पु¥याउनका लागि अर्नाको मातृ संस्था यती ब्रुअरी को सीएसआर कोषमार्फत नेपाल क्रिकेट संघ (क्यान)लाई थप रु ५१ लाख उपलब्ध गराइने पनि घोषणा गरिएको छ ।

यसबीच नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले ‘टिम वर्क’का कारण नेपाल आईसीसी टी–२० विश्वकप क्रिकेटमा प्रवेश गरेको बताएका छन् । बिहीबार कप्तान पौडेलले खेलाडीहरूको सामूहिक विश्वासको प्रशंसा गर्दै नेपाल टिम वर्कका कारण विश्वकपमा प्रवेश गरेको बताएका हुन् ।

“म टिमको प्रदर्शनलाई लिएर निकै गौरवान्वित छु । टोलीले सामूहिक रूपमा लगाएको मिहिनेतका कारण यो नतिजा आएको हो,” रोहितले भने, “अघिल्लो विश्वकपमा दक्षिण अफ्रिका र बंगलादेशसँगको खेलले खेलाडीहरूमा आत्मविश्वास बढायो । अब हामी टेस्ट राष्ट्रलाई हराउने लक्ष्यमा छौँ ।”

यसबीच प्रधानमन्त्री सुशीला कार्कीले पनि तेस्रो पटक टी–२० विश्वकपमा स्थान बनाउन सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिएकी छन् । सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री कार्कीले टिम नेपाललाई बधाई दिँदै खेलाडीहरूको अथक परिश्रम, समर्पण र देशप्रतिको प्रतिबद्धताको प्रशंसा गरेकी छन् ।

प्रधानमन्त्री कार्कीले लेखेकी छन्, ‘नेपाल तेस्रोपटक (लगातार दोस्रोपटक) टि –२० विश्वकप प्रतियोगिताको लागि छनोट भएकोमा हार्दिक बधाई। यसमा खेलाडी तथा सम्पूर्ण टिमको अथक मेहनतको सह्राहना गर्दछु।

विश्वकपमा उम्दा प्रदर्शनका लागि शुभकामना व्यक्त गर्दै क्रिकेटको विकासमा सरकारको साथ र सहयोग रहने विश्वास पनि दिलाउन चाहन्छु।’ नेपालले २ खेल अगावै विश्वकपका लागि स्थान पक्का गरेको हो ।

यो सँगै नेपालले सन् २०२६ मा भारत र श्रीलंकामा हुने टि–२० विश्वकपमा तेस्रो पटक भाग लिने भएको छ । नेपालले यसअघि २०१४ र २०२४ मा विश्व कप खेलेको थियो ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top